१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सरकारले चार देशका लागि सिफारिस गर्‍यो राजदूत, स्पेनका लागि आङफुटी शेर्पा


२५ जेष्ठ २०७६, शनिबार  

0
Shares

काठमाडौं: मन्त्रिपरिषद् पछिल्लो बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको हो ।

नाम सिफारिस हुनेहरूमा अस्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्र रहेका छन् ।

लक्की शेर्पाले राजीनामा दिएपछि अस्ट्रेलियामा राजदूत पद रिक्त थियो । अन्य देशमा समेत विभिन्न कारणले राजदूत पद रिक्त रहँदै आएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  १० : ३९ बजे