२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

सिन्धु कांग्रेसको जागरण अभियान, पहिलो चरणको समापनमा कांग्रेस प्रवेशको लर्को


२६ जेष्ठ २०७६, आइतबार  

0
Shares

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोकद्वारा आयोजित “हिमाल, पहाड, तराई, मधेश कांग्रेसले दिन्छ एकताको सन्देश” भन्ने उदेश्यका साथ वैशाख को २५ गते चौताराबाट सुरु भएको कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको अभियानको पहिलो चरणको अभियान कार्यक्रमको समापन मेलम्चीमा भएको छ।

समापन समारोहमा प्रमुख अतिथीका रुपमा राष्ट्रिय जागरण अभियानका अभियन्ता एवम् सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधित्व रहेकी कांग्रेस केन्द्रिय सदस्य अम्बिका बस्नेत विशेष अतिथि, राष्ट्रिय सभाका सदस्य एवम् केन्द्रिय सदस्य समेत रहेका बद्री पाण्डे, कांग्रेस जिल्ला सभापतिको सभापतित्वमा पहिलो चरणको जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ।

समापन समारोहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला कार्य समितीका पदाधिकारीहरु,क्षेत्रीय सभापतिहरु, वडा सभापतिहरु,भातृ सङघ संस्थाका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा कलाकार नवराज घोरासैनी, गायक आस्मान लोप्चन, प्रितम गोलेलगायत कलाकारले साङगितिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेकपा ,राप्रपा लागयत विभिन्न पार्टी परित्याग गरि २० जना कांग्रेसमा प्रवेश गरे। कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव बिलबहादुर तामाङले राखे ।

समापन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बस्नेतले देशमा शान्ति र स्थिरता कायम राख्न नेपाली कांग्रेस अग्रपंक्तिमा उभिन तयार छ । नेपाली कांग्रेस जनताको लागि सङघर्ष गर्न तयार छ । साथै उनले थपे यस जागरण उदेश्य कांग्रेसले चुनाव हार व्योहोरेपछि नेकपाको सरकार आयो र दुई तिहाइको सरकारले जनताको पक्षमा काम गर्न सकेन, जनतालाइ न्याय दिन नसकेको सुरक्षा अनुभुति गर्न नसकेको जिकिर गरे । उनले भने, “नेकपाको सरकारले जनता लाई दुख र पीडा मात्रै दियो ढुकुटी रित्यायो यसकोबारेमा जनतालाई जानकारी गराउन पर्छ सजग गराउन पर्ने भएको ले अभियान थालेको बताए। साथै उनले भने यो अभियानले सुतेको कांग्रेस बिउझने पनि जिकिर गरे ।

कार्यक्रममा विशेष अतिथीका रुपमा निम्त्याएका राष्ट्रिय सभा सदस्य एवम् केन्द्रिय सदस्य पाण्डेले भने नेकपाको सरकारले सुशासन कायम गर्न सकेन सुशासन दिन सकेन । यो सरकारले कुशासनमात्रै ल्यायो जताततै भ्रष्टाचार , बलत्कार, काण्डै काण्डले भरिपुर्ण सरकार भएकोले यो सरकारले जनता को हितमा काम गर्न नसकेको बताए ।

उनले भने ९०% काम सम्पन्न भैसकेको मेलम्ची खानेपानी योजना १०% सम्पन्न गर्न साथै काठमाडौ पुग्थ्यो तर १०% पूरा हुना नदिइ यो सरकारले लालच गर्यो ठेकेदारसङ्ग कमिशन माग्यो विदेशी ठेकेदार यो सरकार लाई कमिशन बुझाएर योजना सम्पन्न गर्न नसकेपछि ठेगेदार भाग्यो १०% मात्रै काम बाकी रहेको मेलम्ची अलपत्र पर्यो,भन्ने बेला यो सरकारले नेपाली लाई हुने निती तथा कार्यक्रम ल्याएको छ तर आयोजना काम हरु सबैलाई विदेशी लाई सुम्पिन्छ यसरी नेपाली जनता कसरी समृद्धि बन्छ। उनले भने वाइडबडी प्रकरणमा मुछिएका रबिन्द्र अधिकारीले भ्रष्टाचारी नभएको भने यदि उनी होइन भने केपि ओलि ले को हुन भ्रष्टाचारी त्यसलाई कारबाही गर्नु पर्यो ।

 

यो सरकारले बिकास को गति अगाडि बढाउन सकेन । उनले मिडिया काउन्सिल विधेयक बारेमा भने जस्ले हिजो भ्रष्टाचारको कुरा लाई उदाङ्गो पारेका थिए,बालुवाटार जग्गा प्रकरण बारे बाहिर ल्यायो र उदाङ्गो पारेको थियो हाम्रो यस्तो भ्रष्टाचार माथी प्रश्न उठाउने, हामीले गरेका भ्रष्टाचार हरु जनता माझ फैलाउने र पत्रकार हरु लाई खबरदार भनेर प्रेस लाई नियन्त्रण गर्न खोज्न लाई प्रेस काउन्सिल विधेयक ल्याइएको छ प्रेसलाई नियन्त्रण गर्न मिल्दैन प्रेस देशको चौथो अङ्ग हो उसले भने प्रेस लाई कसैले नियन्त्रण गर्न सक्दैन प्रेस आफै नियन्त्रण हुन्छ प्रेस लाई अङकुश लाउन नपाइने बताए । यो सरकारले लोकतान्त्रिक मूल्य र मान्यता समाप्त गर्न खोजीएको समेत आरोप लगाए।केपी ओली जनता को अधिकार लाई खोसेर महाराज हुनखोजेको जनता लाई दबाउन लागेको आरोप लगाए ।

यो सरकार कुनै सिद्धान्तको धरातल मा समेत उभिएको छैन उनले भने ।

पहिलो चरणमा चौतारा, मेलम्ची, बाह्रबिसे, हेलम्बु, हगाम, त्रिपुरासन्दुरी गाउँपालिकामा पहिलो चरणको कार्यक्रम गरिएको र दोस्रो चरणको कार्यक्रम सुरुवात नगर्दै गाउँ गाउँ मा केही अभियान र प्रशिक्षण कार्यक्रम गर्ने जिल्ला सचिब बिल बहादुर तामाङले जनाए ।

दोस्रो कार्यक्रमको जागरण अभियान कार्यक्रम भदौ २४ गतेबाट पालिका स्थानीय स्तरमा संचालन हुने क्षेत्रीय सभापति आइतमान तामाङले बताए।

कार्यक्रमलाई समापन गर्दै सभापति विकास लामाले जागरण अभियानमा लागि परेका पदाधिकारी साथी हरु र पार्टी का कार्यकर्तालाई धन्यवाद ज्ञापन गरे । उनले भने अब कांग्रेस गाउँ गाउँ जाग्ने छ कसैले रोक्न सक्दैन यदि म मा केही कमि कमजोरी भए औल्याउनु होला म सुधार्ने छु पार्टी लाई एक ढिका बनाउन सबै लागि पर्नु पर्ने बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतबार  ७ : ४३ बजे