काठमाडौं । रामेछापको मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतमाथि हातपात नगरपालिकाका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कार्कीलगायतले हातपात गरेका छन् ।
नगरपालिकाले विज्ञप्ति प्रकाशित गरी यस विषयको पुष्टि गरेको छ । कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर विवाद सुरु भएपछि वडा अध्यक्ष कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीच भनाभन चर्किएको बताइएको छ ।
आइतवार नगर कार्यपालिका बैठक चलि रहेको बेला भनाभनले चर्को रुप लिएपछि विवाद नगर्न आग्रह गर्दा नगर प्रमुख बस्नेत घाइते भएका हुन् ।
घटनाको बारेमा मन्थली नगरपालिकाले आज गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेतले काम नै नगरेका पुराना योजनको रकम भुक्तानी हुनु पर्ने माग उठाउँदै वडा अध्यक्ष रामबहादुर कार्की, र अर्का वडाअध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गर्दा आफ्नो टाउकोमा चोट लागि रगत बगेको जानकारी दिए ।