साहित्यकार सर्बज्ञ वाग्लेको ‘बिगि्रयो काइला जुवा र तासैले’ नामक म्युजिक भिडियो हालै बजारमा ल्याएको छ । वाग्ले आफनै शब्दा रचना र संगितले भरिएको गीतमा गायक नरेन्द्र प्यासीको श्वर रहेको छ । वाग्लेको आफनै अभिनय रहेको उक्त म्युजिक भिडियो मेन सागर रावलको निर्माता, निर्देशनमा बनेको थियो । कन्चन्पुर जिल्ला घर भइ हाल अमेरिका बस्दै आएका साहित्यकार वाग्लेको यो गीत सामाजिक सन्देशमुलक तथा प्रेरणादायी गीतको रुपमा चिनिन्छ ।
लामो समयदेखिन जनजिब्रोमा झुण्डिएको नखेल्नु जुवा र तास धनको नास जीवनको वनवास भन्ने जम्मा दुइ लाईनको गीतपछि यो श्रृजना भर्खरै आएको वाग्लेले बताए । हाम्रो समाजमा बर्षौदेखि जकडिएर रहेको कुरिती र सुसंस्कारलाइ न्युनिकरण गर्न यो गीत बनाएको उनले बताए । हालै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित वाग्ले एक दशकदेखि अमेरिकामा भाषा,साहित्यको हितमा लाग्दै आएका छन ।
समाजसेवा र कल्चर तथा विभिन्न विधामा सक्रियपूर्वक लाग्दै आएका वाग्लेले युधिष्ठिर, जुवाघर, सााढे र क्यासिनोलागयतका कथा संग्रह र कैयन कविता, गीतहरुको लेखिसकेका छन । यी र यस्तै विषयवस्तुलाइ समेटेर निकट भविष्यमा बृहत उपन्यासको तयारी भइरहेको पनि वाग्लेले बताए । म्युजिक भिडियोमा सर्बज्ञ वाग्लेको बुबा आमाको भुमिकामा आफनै बुबा रामचन्द्र वाग्ले र आमाको भुमिकामा आफनै आमा मधुमाया वाग्ले रहेका छन भने न्य कलाकारहरूमा उमंगा रानाभाट, तुलसी चौलागाई,लगायत अन्य कलाकारको पनि भुमिका रहेका छन ।