३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

रहरको खेल [गजल]


८ असार २०७६, आइतबार  

0
Shares

  • एनबी दाहाल-

खेल खेलने रहर भए जोडी बनी खेलौ खेल
जति खेलेनी खेलौ झैं लाग्ने बनाउँ मिठो खेल

कसले जित्ने कसले हार्ने प्रतिस्पर्धा नहोस यसमा कतै
मिठो जुझाइमा त्यहाँ रहरैरहरको आनन्द दिने होस खेल

खेल्ने भए खेल्छु भन समय छुट्याएर राखौला तिमीलाई
मन नपरि खेल्यौ भने तितो स्वादको हुन्छ खेल

जिन्दगीभरको खेल नसम्झ जिन्दगी जिउने खेल हो यो
एक्लै खेल्दा मजा हुन्न मिलेर खेलौ यो खेल

करकाप गर्दिनँ केही मसँगै खेल भनेर
जहाँ गएर खेल्दा हुन्छ आफूलाई मनपर्ने खेल

खेल खेल्ने रहर भए जोडी बनी खेलौ खेल
जति खेलेनी खेलौ झै लाग्ने बनाउँ मिठो खेल

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ४२ बजे