३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

नेपाली विद्यार्थी बज्राचार्यलाई कग्रेसनल अवार्ड


Ang

११ असार २०७६, बुधबार  

0
Shares

न्युयोर्कको गिफ्टेड एण्ड ट्यालेन्टेड स्कूल ट्याग योंग स्कोलर्स स्कुलमा अध्ययन गरि रहेका विद्यार्थी राज वज्राचार्यले बिध्यालयमा राम्रो अध्ययन गरे बापत यु एस कंग्रेसम्यानको तर्फबाट स्पेसल कंग्रेसनल रेकजनिजेसन अवार्ड पाएका छन्।

उनलाई मिडल स्कूलको ग्रेजुयसनमा बिध्यालयले पनि स्लालुलेटोरियन सम्मान दिएका थिए। वज्राचार्य न्युयोर्क भरिको बिघियार्थीहरु मिडल स्कुल सकेर हाईस्कुल जाने बेला दिने एस एच एस ए टि टेष्टमा न्युयोर्क भरिकै विद्यार्थीहरुमा सबै भन्द उच्च अंक ल्याउने विद्यार्थी हुन।

‘मिडल स्कुल भरिकै बिध्यार्थीहरुमा मिडल स्कुल अध्ययन अवधिभर राम्रो ब्यवहार , उच्च अंक र पढाईमा राम्रो दक्षता देखाई सर्व श्रेष्ठ हुने बिध्यार्थीहरुलाई दिंदै आएको यो पुरस्कार राजले पाएकोमा हामी निकै खुशी छौं’ राजका बुबा रबिन वज्राचार्यले बताए।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ०१ बजे