विदेशमा बस्ने नेपालीहरुले नागरिकता पाउने भनी संविधानमा उल्लेख भइसकेपनि अहिलेसम्म कानुनी रुप पाउन सकेको छैन । एनआरएनए नागरिकता पाउनु पर्छ भनेर सरकार र विभिन्न राजनितिक दलसग लामो समयदेखिन एनआरएनए आइसिसिको नागरिकता टक्सफोर्स समिति लागी परेका छन । यही टक्सफोर्समा कोचेयरको रुपमा अमेरिकाबाट सक्रिय रुपमा लाग्दै आएका कानुन व्यवसायी तथा एनआरएनएका पुर्व अध्यक्ष खगेन्द्र जिसि क्षेत्रीले एनआरएनए नागरिकताको बारेमा पछिल्लो अपडेट दिएका छन ।
कोचेयर क्षेत्रीका अनुसार विदेशीहरूले नेपालमा पाइरहेको नागरिकताको बारेमा विवाद भएपछि नेपाल नागरिकता ऐन् २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमानै अडि्कएको छ । त्यस्तै खास गरी विदेशी ज्वाइ र विदेशी बुहारीलाई नागरिकता दिने सन्दर्भलाइ लिएर भएको विवाद समाधान गर्न भन्दै समितिले उपसमिति पनि बनायो । तर उपसमितिले पनि निर्णय लिन सकेन र अहिले राजनीतिक नेतृत्व तहमै सहमति खोज्न नेताहरूलाई उपसमितिले आग्रह गरेको छ । यतिखेर उपसमिति दलका नेताहरूको निर्णयको पखाईमा रहेको छ ।
नेपालको संविधानको भाग २ को धारा ११ को दफा ६ ले नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुन बमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था गरेको छ । तर संविधानले नेपाली महिलासंग विहे गरेका विदेशी पुरुषका विषयमा भने कुनै व्यवस्था गरेको छैन । यहि विवादले नागरिकता विधेयक संसदीय समितिमा नै अडि्कएको छ । अङ्गीकृत नागरिकता लिएकाहरूको सन्तानलाई कसरी नागरिकता दिने र कहिले दिने भन्ने अर्को विषयमा पनि विवाद भएको छ ।
नेपाली नागरिकसाग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई कति समयमा र कुन कुन आधारमा नागरिकता दिने भन्ने विषय सङ्घीय कानुन बमोजिम हुने भएकाले नेपाली महिलासाग बिहे गरेका पुरुषलाई पनि समान कानुन बनाउनुपर्ने माग एकथरीले उठाएका छन् । तर संविधानविद यो कुरा संविधानतः संभव नहुने बताएका छन । त्यस्तै गरि अङ्गीकृत नागरिकताको विषय पेचिलो भए पनि अहिले संसद र सांसदहरू नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेटमा केन्द्रीत भएका थिए । अब बजेट पारित भईसकेको छ यो विषयले प्रवेश पाउने सम्भावना छ ।
‘ एन आर एन को बिषय भन्द पनि माथी उल्लेखित बिषयले नागरिकता बिधेयक रोकीएको हो । तर पनि हामिले सबै सरोकार पक्षसंग छलफल जारी राखेका छौ ‘ कोचेयर क्षेत्रीले भने-‘ हाम्रा सरोकारका बिषयहरूलाई ऐनमा छूटन नदिन टास्क फोर्सका तर्फबाट आवश्यक जानकारी लिने र एनआरएन को तर्फबाट गर्नु पर्ने पहलको बारेमा नियमित रुपमा लागी रहेका छौ ‘ । उनले यो जानकारी सामाजिक सन्जालमा पनि राखीसकेको छ ।