एनबी दाहाल
मैले दिने माया तिमीलाई
अर्कै मान्छेले दिन पथ्र्यो
रोएको बेला परेली पुछ्ने
अरु नै हातहरु हुनुपथ्र्यो
नरोउ साथी भन्ने सिवाय
अरु केही भन्न सक्दिनँ
सीमारेखा पार गरी
तिमीलाई छु म सक्दिनँ
रमिता हेरेर तिम्रो दुःखको
कदापी म बसेको छैन
जति माया गरेनी तिमीलाई
बाहिर कतै देखिएको छैन
आँशुले सिरानी भिजेको रातमा
‘प्रेमी’ जागेर बसेको हुन्छ
भावनाभित्र मायालु हातले
तिमीलाई नै सुम्सुम्याएको हुन्छ