७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेश सभासद शेर्पालाई न्युयोर्कमा स्वागत


Ang

१३ श्रावण २०७६, सोमबार  

0
Shares


अमेरिकालाई कर्म थलो बनाएर एक दशकपछि मातृभुमी फर्केका आङ देण्डी लामा शेर्पा ( डिएन) प्रदेश नम्बर ३ का सभासद भए । उनी सभासद हुदा कतिपय उनका स्वदेश तथा विदेशमा रहेका साथीहरुले पत्याएका थिएनन । तर संघर्ष र निरन्तरताकै कारण उनी सभासद बन्न सफल भए । समाजिक कार्यमा सक्रिय आङदेण्डी सभासद भएको एक बर्षपछि अमेरिका आइपुगेका छन । उनी आएको केही दिनमै शेर्पा संघ अमेरिकाले न्युयोर्कमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उनको सम्मानमा आयोजित कार्यक्रममा धेरै आफन्तहरु र इष्टमित्रहरु भेला भएका थिए । हिजो संगै काम गरेका साथीहरुलाई भेटेर उनीहरुको सामुन्नेमा मञ्चबाट राजनिति कुराहरु सुनाउनु पाउदा सभासद आङदेण्डीको खुसीको सिमा थिएन ।

‘ हिजो संगै काम गरेका र संगै हासखेल गरेका साथीहरुलाई भेटेर राजनितिको केही कुरा बाडन पाउदा जीवनकै खुसीको अनुभव मिल्यो’ सभासद शेर्पाले भने-‘ यो अवसर पाउदा मलाई देवता मिले जस्तै खुसी भयो । यो खुसी जुराई दिने शेर्पा संघ अमेरिकालाई हार्दिक धन्यवाद दिन चाहान्छु’ उनले भने । उनले आफनो खुसीको भावनाहरु पोख्दै गर्दा र राजनितिको अनुभवहरु सुनाइरहदा उपस्थित सवै ध्यानमग्न भएर सुनिरहेका थिए । भावुक हुदै र हसाउदै उनले अमेरिकाबाट फर्केर सभासद हुदाको कथाहरु र सभासद भइसकेको अनुभवहरु सुनाएका थिए । ‘ कुनै समय मैले पनि संघर्ष गरेको यो थलोमा आज सभासद भएर आउदा साथीभाई र आफन्तहरुले दिएको माया र सम्मानले भाग्यामानी ठानेको छु ‘ सभासद शेर्पाले भने-‘ हिजो म पनि तपाईहरुसंगै यहा दुख गरेर एउटा जीवन विताएको थिए आज मैले यो अवसर पाए अब थप अवसर पाउनका लागी तपाइहरुको आर्शिवादको आशा गरेका छौ’ ।

उनी दोलखा जिल्लाको प्रदेश नम्बर ३ बाट सभासद बनेका थिए । सभासद शेर्पाले नेपाल विगतको तुलनामा अब समुन्नत र समृद्धिको बाटोमा अघि बडीसकेकोले विदेशमा बस्दै आएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई नेपाल र्फकन सुझाव र अनुरोध पनि गरेका थिए । ‘ लामो समयदेखिन यहा बस्दै आउनु भएका तपाईहरु अब नेपाल फर्किने बारेमा सोच्नुस ‘ सभासद शेर्पाले भने-‘ नेपालमा तपाईहरुले जता लगानी गर्नु भएपनि सवै ढोकाहरु खुल्ला भइसकेको छ त्यसको लागी हामी पुर्ण रुपमा सहयोग गर्न तयार छौ’ । ‘ पैसाले मान्छेलाई कहिल्यै पनि पुग्दैन म पनि एकताका तपाईहरु जस्तै यही दुख गरेको थिए तर पछि नेपाल फर्केर यो अवसर पायो तपाई पनि र्फकनुस के थाहा कतै तपाईहरुले मैले भन्द राम्रो अवसर पाउन सक्छ की ‘ । उनलाई शेर्पा संघ अमेरिकाले शनिबार न्युयोर्कमा स्वागतसंगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

संघको कार्यवाहक अध्यक्ष ल्हाक्पादेण्डी शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा न्युयोर्कमा रहेका शेर्पा समुदायका विभिन्न बक्तहरुले शेर्पा समुदायको शेर्पा नेताहरु मुलधारको राजनितिमा पुग्न नसकेको बारेमा बहससंगै बर्तमान सरकारले गर्न नसकेका कमजोरिहरुको बारेमा औल्याएका थिए । कार्यक्रममा शेर्पा संघ अमेरिकाका उपाध्याक्ष मिङमार शेर्पाले प्रवासमा रहेका शेर्पा समुदायलाई राजनितिक चेतना जगाउनका लागी स्थापित शेर्पा संघ अमेरिकाले शेर्पा समुदायबाट राज्यको निति निर्माण तहमा पुगेका शेर्पा नेता सभासदसंगको अन्तरक्रियामा उपस्थिति सबैलाई स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा जन सम्पर्क समितिका पुर्व उपाध्याक्ष मिङमार शेर्पा, शेर्पा संघ अमेरिका पुर्व उपसंयोजक तथा पुर्व अधिकृत फुरि शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, गुम्देल ट्रष्टका अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पा, एनआरएन अमेरिकाका पुर्व बोर्ड अफ डाइरेक्टर निमा गेल्जे शेर्पा, शेर्पा किदुगका निवर्तमान महासचिव तेन्डी शेर्पा, एनआरएन अमेरिकाका पर्यटक संयोजक आङ जाङबु शेर्पा गोले, जन सम्पर्क समितिका कोषाध्याक्ष बिजय थुलुङ, शेर्पा विद्यार्थी मञ्चका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा , चलचित्र निर्माता तथा कलाकार फरादेण्डी शेर्पा आदीले शेर्पा समुदायका नेताहरुले मुलुकको राजनितिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गदै सभासद लामालाई समुदायको हितमा गर्नुपर्ने विभिन्न प्रस्तावहरु राखेका थिए । अन्तरक्रियापछि सभासद शेर्पालाई उपस्थित सबैले खादा लगाएर स्वागत सम्मान गरेका थिए । शेर्पा संघ अमेरिकाले यस अघि सभासद जिपछिरिङ लामा शेर्पालाई पनि स्वागत तथा अन्तरक्रिया गरेका थिए । कार्यक्रम शेर्पा संघका महासचिव फुर्वा शेर्पाले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ४ : ५३ बजे