१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल डे परेडबारे संयुक्त समीक्षा बैठक : सरोकारवालाप्रति आभार व्यक्त गर्दै आर्थिक प्रतिवेदन सार्वजनिक


१४ श्रावण २०७६, मंगलबार  

0
Shares

न्युयोर्क । चौथो नेपाल डे परेड – २०१९ को स्टेरिङ कमिटी र नेपाल डे परेड इंकको कार्यकारिणी बोर्डको संयुक्त बैठकले यस वर्षको परेडको समीक्षा गरेको छ । गत जून ८, २०१९ मा बसेको संयुक्त बैठक मार्फत यस वर्षको परेडको समिक्षा गरिएको हो ।

संयुक्त समीक्षा बैठकले यस वर्षको चौथो नेपाल डे परेड भव्य रुपमा सफल भएको निचोड बैठकको रहेको बैठकपछि बैठकपछि परेडका कन्भेनर सतेन्द्र साह र नेपाल डे परेड इंक कार्यकारिणी बोर्डका अध्यक्ष निमा शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

विज्ञप्ति जस्ताको तस्तै

प्रेस बिज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु,

नमस्ते ।

यस वर्षको चौथो नेपाल डे परेड गत मे १९, २०१९ मा सफलतापुर्वक सम्पन्न भएको यहाँहरुलाई सर्वविदित नै छ । नेपाल डे परेड सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण संघ-संस्थाहरु, चन्दादाताहरु, नेपाल डे परेड – २०१९ का स्टेरिङ कमिटीका सहकर्मी मित्रहरु तथा नेपाल डे परेडको कार्यकारिणी बोर्डका मित्रहरु, डायस्पोराका शुभचिन्तकहरु तथा कलाकार मित्रहरुलाई पहिलो श्रेय जान्छ भन्ने हाम्रो धारणा रहेको छ । नेपाल कन्सुलेट न्युयोर्क र गैर-आवासीय नेपाली संघ अमेरिकाको विशेष सहयोगको लागि हामी आभार व्यक्त गर्न चाहन्छौ । साथै, पत्रकार तथा संचारकर्मी मित्रहरुको सराहनीय भूमिकाप्रति समेत हामी कृतज्ञ छौं ।

सन् २०१६ देखि नेपालीहरुको शान, पहिचान र गौरवको निम्ति न्युयोर्कमा प्रारम्भ गरिएको नेपाल डे परेड प्रवासमा नेपालीहरुको सबैभन्दा बृहत कार्यक्रम बन्दै गएको यथार्थ हामी सबै माझ छर्लंग छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवसको अवसर पारेर नेपाल डे परेड शुभारम्भ गरिएको थियो ।

प्रथम नेपाल डे परेड – २०१६ का कन्भेनर लुईसाङ वाईबा तामाङ, दोश्रो परेडका कन्भेनर मंगलदास श्रेष्ठ, तेश्रो परेडका कन्भेनर रबिकिरण कोइराला हुँदै चौथो परेडका कन्भेनर सतेन्द्र साहको नेतृत्वमा नेपाल डे परेडलाई न्युयोर्कमा संस्थागत गर्दै निरन्तरता दिने क्रम जारी रहेको छ । परेडको आयोजक संस्था नेपाल डे परेड इंकको कार्यकारिणी बोर्डका अध्यक्ष निमा शेर्पाको नेतृत्वमा दुई वर्षे कार्यकाल रहेको कार्यकारिणी बोर्डले आगामी वर्षमा सम्पन्न गरिने परेडको स्टेरिङ कमिटी र आवश्यक प्रारम्भिक बैठकहरु सम्पन्न गर्नेछ । कार्यकारिणी बोर्ड स्थायी समिति हो भने यसको दुई वर्षे कार्यकाल रहने प्रावधान गरिएको छ । कार्यकारिणी बोर्डमा बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु एवं डायस्पोराका महत्वपूर्ण व्यक्तित्वहरु रहनेछन् भने स्टेरिङ कमिटीमा तत्कालिन परेड कार्यक्रम आयोजना गर्न अस्थायी रुपमा गठन गरिने समिति हो ।

यस चौथो नेपाल डे परेड – २०१९ का प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई थिए भने परेडको ग्रान्डमार्शल न्युयोर्क सिटी काउन्सिलमेन फर्नान्डो क्याबरेरा थिए । अतिथिहरु नेपाल सरकारका पूर्व मन्त्री एकनाथ ढकाल, महाबाणिज्यदुत पुष्पराज भट्टराई, वाणिज्यदुत कृष्ण कुमार सुवेदी र काउन्सिलमेन कोष्टा कोन्सटानटिनिडिज थिए । नेपाल डे परेडमा विभिन्न मौलिक संस्कृतिक झाँकीहरु प्रदर्शन गरिएका थिए भने परेडमा लगभग सात हजार नेपालीहरुले सहभागिता जनाएका थिए ।

नेपाल डे परेड – २०१९ को स्टेरिङ कमिटी र नेपाल डे परेड इंकको कार्यकारिणी बोर्डको गत जून ८, २०१९ मा बसेको संयुक्त बैठक मार्फत यस वर्षको परेडको समिक्षा गरिएको छ । संयुक्त समिक्षा बैठकले यस वर्षको चौथो नेपाल डे परेड भव्य रुपमा सफल भएको निचोड निकालेको छ ।  परेडको आर्थिक संयोजक मिलन शाहीले प्रस्तुत गर्नु भएको तपशिल अनुसारको आर्थिक प्रतिवेदन संयुक्त बैठकले अनुमोदन गरेको छ । बैठकले सरोकारवाला सबैप्रति आभार ब्यक्त गरेको छ ।

भवदीय,

सतेन्द्र साह                                                   निमा शेर्पा

कन्भेनर, नेपाल डे परेड – २०१९                     अध्यक्ष, नेपाल डे परेड, इंक

कार्यकारिणी बोर्ड

बैठकले अनुमोदन गरेको आर्थिक प्रतिवेदन

 

 

 

 

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ४१ बजे