काठमाडौं । सांसद योगेश भट्टराईले पर्यटन, नागरिक तथा उड्ययनमन्त्रीमा शपथ लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए ।
प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए ।
गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।