१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

एनआरएनए आइसिसि नेतृत्वको दौडमा आचार्य


Ang

३१ श्रावण २०७६, शुक्रबार  

0
Shares

गैरआवासिया नेपाली संघ (एनआरएनए आइसिसि) को उपाध्याक्ष कुल आचार्य आगामी नेतृत्वको लागी यतिखेर विभिन्न देशहरुको भ्रमणमा रहेका छन । युरोप क्षेत्रिय भेला सके लगतै उनी वेलयतको विभिन्न राज्यहरुको कार्यक्रममा सहाभागी भएर यतिखेर अमेरिका आइपुगेका छन । अमेरिकाको न्युयोर्क र टेक्सास लगतै अबको उनको यात्रा क्यानडा रहेको छ । अमेरिका आएको वितिकै उनलाई एनआरएन न्युयोर्क च्याप्टरले स्वागत तथा अन्र्तक्रिया गरेका थिए । सामाजिक सेवाको भावनाले एनआरएनएमा लागेर धेरै महत्वपुर्ण कार्यहरु गर्न पाएकोमा सन्तुष्टी प्राप्त गरेको अनुभव सुनाउदै उपाध्याक्ष आचार्यले नेतृत्वमा पुगेर अझै डाइस्पोराको भावना अनुरुप धेरै कार्यहरु गर्ने योजना बनाएको बताए ।

पर्वत जिल्लामा जन्मेर बाग्लुङ कलेजमा उच्च अध्ययनपछि कामको सिलसिलामा वेलयत पुगेका उनी अहिले वेलयतको सफल व्यवसायीको रुपमा चिनिएको छ । सन २००७ देखि एनआरएन वेलयतमा आएका उनी एनआरएन युकेको अध्यक्ष हुदै अहिलेको आइसिसिको उपाध्याक्ष हुन । एनआरएन युकेमा सदस्य हुदै लागेका आचार्यले आफनो नेतृत्वको कार्यकालमा जुम्लामा प्रसुति गृह बनाएर ५ बर्षपछि विधिवत रुपमा नेपाल सरकारलाई हस्तन्तरण गरेको अनुभव सुनाए । त्यस्तै नेपालमा रहेको पत्रकारहरुको सम्मान तथा उनीहरुलाई प्रोत्साहनको लागी पत्रकार महासंघ युके शाखासग मिलेर १६ लाख रुपिया उठाएर अन्तराष्ट्रिय एनआरएन पत्रकारिता पुरस्कार दिन थालेको बताए ।

गैरआवासिया नेपाली संघ एनआरएनएलाई छाता सस्था होइन सबैको साझा सस्था बनाउनका लागी सबै संघसस्थाहरुसग मिलेर संघले संयोजनको भुमिकामा गरेको कार्यहरुले सवैतिर फाइदा मिलेको बताए । एनआरएन युकेको नेतृत्वपछि आइसिसिको उपाध्याक्ष भए लगतै आइसिसिको अन्तराष्ट्रिय समितिको सदस्य र च्यारिटिको कोचेयर हुदै युरोप समितिको संयोजक भएपछि लगानीको प्रर्वद्धनको साथै डेनमार्कमा युथ र वोमेन इम्पावर कार्यक्रम, एनआरएन माइक्रो फाइनन्स, अन्धोहरुको लागी सहयोग लगायत नेपालमा आफनै संयोजकत्वमा शंखमुल पार्क बनाएर सरकारलाई जिम्मा दिएको उनले बताए ।
‘ एनआरएनएले सवै स्थानीय संघसस्थाहरु र सरकारसग समन्वय गरि डाइस्पोरा र मातृभुमीको लागी गरेका कार्य अनुभवको आधारमा अब सस्थाको लक्ष्य प्राप्तिको लागी धेरै भिजनहरु लिएर अघि बडिररहेका छौ यसमा तपाईहरु सवैको सहयोगको आशा लिएका छौ’ उपाध्याक्ष आचार्यले भने—‘ म एनआरएनएमा पद भन्द पनि केही काम गरौ भनेर आएको हु । एनआरएनलाई यहासम्म ल्याउने सवै अभियान्तहरुलाई म हार्दिक सम्मान गर्छु । अब सस्था प्रजातन्त्रिक पद्धतिबाट जो कोही क्षमता भएको व्यक्ति आउन चाहान्छ भने उसलाई अघि बडन दिनु पर्छ कसैले टिका लगाएर होइन । तपाईहरुले अवसर दिएमा तपाइहरुको भावनासहित अब आइसिसिको नेतृत्व गर्न तयार भएको छु ’ । आगामी नेतृत्वमा जाने चाहना र लक्ष्य बोकेका उपाध्याक्ष आचार्यलाई कार्यक्रममा उपस्थित सवैले सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा उनले संविधानमा व्यवस्था भएको गैरआवासिया नेपाली नागरिकताको बारेमा सासदमा भइरहेको छलफलले डर र त्रास पैदा भएकोले सवैलाई सचेत हुन र आवज बुलन्दा गर्न आग्रह समेत गरिएको थियो । संसादमा भइरहेको छलफल अनुसार ३ पुस्ताको लागी मात्र गैरआवासिया नेपाली नागरिकता दिएमा विदेशमा बस्नेहरुको लागी फाइदा नहुने भएकोले सवै सचेत भएर यसबारे आवज बुलन्दा गर्न आग्रह गरिएको थियो । त्यस्तै गृहमन्त्रालयबाट नागरिकता दिने भनिएको नागरिकता सवै देशहरुमा रहेको नियोगबाट दिनु पर्ने र नेपाली भाषा हुनु पर्ने भनि भइरहेको छलफल अनुसार लिखित जाच लिने व्यवस्था गरेमा नागरिकता लिन बञ्चित हुने भएकोले नेपाली भाषाको जाच लिनु नहुने बारेमा सरकारको प्रतिनिधिहरुसग छलफल गरिरहेको उनले बताए ।

एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन आइसिसिको पुर्व संयोजक सोनाम लामा, एनआरएन अमेरिकाका उपाध्याक्ष विआर लामा, एनआरएन आइसिसिको सिटिजन कमिटिको कोचयेर खगेन्द्र क्षेत्री, जन सम्पर्क समितिको अध्यक्ष आनन्दा विष्ट, जन सम्पर्क समितिको पुर्व संयोजक विष्णु सुवेदी, प्रवासी मञ्चका पुर्व अध्यक्ष सन्जय थापा लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : ५७ बजे