१८ कार्तिक २०८१, आइतबार | Sun Nov 3 2024

क्यालिफोर्नियाका युवा लैंगिक हिंसाविरुद्ध चेतनामुलक डकुमेन्ट्री बनाउँदै


२ भाद्र २०७६, सोमबार  

0
Shares

एभरेस्ट टाइम्स । हाल अमेरिका क्यालिफोर्नियामा रहेका युवाहरुको समूहले लैगिक हिंसाविरुद्ध चेतना फैलाउने र यस्ता चेतनामुलक डकुमेन्ट्रीहरुबाट समाजमा भएका घटनालाई न्युनीकरण गर्ने उध्येश्यका साथ ‘राईज अप’ नामक डकुमेन्ट्रीको छांयाकन समापन गरेका छन् । यसै समूहले केही महिनाअघि अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको ‘बन्दूक हिंसाको विरुद्ध जनचेतना’ दिने म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

डकुमेन्ट्रीमा मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुलकी क्यालिफोर्निया बेभर्ली हिल्स मा २ वर्षे अभिनय कोर्स पुरा गरि केही अंग्रेजी सर्ट फिल्म हार्ली क्वीनमासमेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेका छन् । साथै उनिले केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी छिन् ।

एस राज प्रोडक्सनका (शंकरराज वाग्ले) र सन्जय कार्कीको छांयाकन रहेको डकुमेन्ट्रीलाई शंकर ाज वाग्लेले निर्देशन गरेका हुन् ।
डकुमेन्ट्रीलाई बर्नीन २०२० को फिल्ड अर्गनाइजर शुस्मिक लामाले संयोजन गरेकी छिन् र अन्य कलाकारहरु पेन्सिलभनिया निवासी क्रियाशील युवा साजन लामा, मिस नेपाल क्यालिफोर्नीया सेकेन्ड रनरअप अनिसा ओली, अशुतोष ओली, लसएन्जल्स निवासी केही म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा व्यवसायी श्याम सेढाई, लसएन्जल्स निवासी सामाजिक क्षेत्रमा क्रियाशिल सामाजिक अभियान्त टेक वाईबा लामा, साउथ एसियन नेटवर्ककी सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियन्ता विष्णु राउत र निरता कार्कीका साथै इरानी कलाकार डोरीन टबिवियनको अभिनय रहेको छ ।

मेकअप आर्टिस्टको भूमिका स्पर्श थ्रेडिङ एन्ड ब्युटीकी ब्युटीसियन निरता कार्कीले गरेकी छिन् ।

डकुमेन्ट्रीको कथावस्तु सञ्चारकर्मी डोल्मा लामाले लेखेकी हुन् भने डकुमेन्ट्रीमा वास्तविक जीवनमा भइरहेका लैंगिक हिंसाका घटनालाई पर्दामा उतार्ने कोशिश गरिएको छ । यस समूहले अन्तर्राष्ट्रिय डायस्पोरामा भइरहेको विभिन्न हिंसा, हत्या र समाजका सामाजिक विकृतिसँग सम्बन्धित चेतनामुलक भिडियोहरु निर्माण गरीरहेको छ ।

क्यालिफोर्निया लस एन्जल्समा विभिन्न स्थानहरुमा सुटिङ सम्पन्न भएको छ र यसलाई यथाशीघ्र प्रदशनीमा ल्याउने तयारी भइरहेको बर्नीन २०२० को फिल्ड अर्गनाइजर सुस्मिक लामाले जानकारी गराइन् । यसले लैंगिक हिंसाबारे चेतना फैलाउने र आगामी दिनहरुमा यस्ता घटनाहरुलाई न्युनीकरण गर्न यस समूहले काम गरिरहेको सञ्चारकर्मी डोल्मा लामाले बताइन् । अभियानका मिडिया पार्टनरहरु हिमालय खबर, एभरेस्ट टाइम्स र इनेप्लिज रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : १६ बजे