१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नर्थ क्यारोलिनामा इन्दिरा जोशिको साथमा तीज


Ang

१६ भाद्र २०७६, सोमबार  

0
Shares

हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर नर्थ क्यारोलिनाबासी दिदी बहिनीहरुले पनि अगष्ट ३१ मा भव्यताका साथ तीज मनाएका छन । नर्थक्यारोलिनास्थित एनसिएनसि नेपाली कम्युनिटिको आयोजनामा यस पटक पनि मरिसभिल हिन्दु टेम्पालमा तीज मनाएका थिए । नेपालबाट आएकी अतिथि गायिका इन्दिरा जोशिको उपस्थिति रहेको कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरुले गीत तथा नृत्य प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा एएण्डए डान्स सेन्टरका कोरियोग्राफर अमृता अधिकारीको कोरियोग्राफमा १० जनाको सामुहिक नृत्य प्रस्तुत गरेकी थिइन भने सरिता राउत बस्नेतको कोरियोग्राफमा ६ जना बालिकाहरुले पनि आर्कषक नृत्य गरेकी थिइन । बेलुकी साडे ६ बजेबाट शुरु भएको कार्यक्रम साढे १० बजेम्म भएको थियो । कार्यक्रममा कार्यक्रम सञ्चालदेखि हरेक प्रस्तुतीहरु महिला कलाकारहरुको रहेका थिए ।

कार्यक्रममा गायिका इन्दिरा जोशिले उपस्थित सवैलाई भरपुर मनोरञ्जन दिएकी थिइन भने जोशिको गीतमा सवै जना नाचेर रमाएकी थिइन ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ११ : २२ बजे