५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

नासा र एन्माको १५ औ सम्मेलनले अर्यालको नेतृत्वमा नया कार्यसमिति चयन


Ang

१७ भाद्र २०७६, मंगलबार  

0
Shares


दक्षिणपूर्बी अमेरिकी राज्यहरूमा बसोबास गरिरहेका नेपालीहरूको क्षेत्रीय संगठन नेपालिज एसोसियसन इन साउथेष्ट अमेरिका (नासा) र एसोसियसन अफ नेपालिज इन मिडवेष्ट अमेरिका (एन्मा)को १५ संयुक्त सम्मेलनले विनय अर्यालको नेतृत्वमा नया कार्यसमिति निर्वाचित गरेको छ । नर्थ क्यारोलिना राज्यको विन्सटन सेलममा भएको सम्मेलनसंगै नया नेतृत्वको लागी निर्वाचन भएको थियो । निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीहरु डा ठाकुर कार्की, शिव बिष्ट र पशुपति न्यौपानेसगको निवौचनमा विनय अर्यालले निर्वाचित भएका छन ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा अम्बिका लोहनी शर्मा ,जर्जिया, उपाध्यक्षमा ( बिशाल भारती ( निर्विरोध नर्थ क्यारोलिना, महासचिवमा ( कृष्ण श्रेष्ठ, फलोरिडा, ( निर्विरोध) सहसचिबमा ( रमा घिमिरे , जर्जीया निर्विरोध , कोषाध्यक्षमा डा निर्मल पौडेल , नर्थ क्यारोलिना निर्वाचित भएका छन ।

त्यस्तै कार्यकारिणी सदस्यहरूमा बन्दना खड्का ,नर्थ क्यारोलिना, सावित्री रानाभाट , नर्थ क्यारोलिना, भिम प्रसाद तिमिल्सिना , नर्थ क्यारोलिना, चेत भट्टाराई , नर्थ क्यारोलिना, दिपक रानाभाट , नर्थ क्यारोलिना, सि के पराजुली , जर्जीया, प्रल्हाद शाह , नर्थ क्यारोलिना, सुदर्शन गैरे , नर्थ क्यारोलिना , . मनोज कुमार राई , नर्थ क्यारोलिना, नरेन्द्र बराल , साउथ क्यारोलिना, आमोद देबकोटा , साउथ क्यारोलिना, भिष्म राज अर्याल , भर्जि्निया, डा सुमन सिलबाल , अलाबामा, कृष्ण देबकोटा . जर्जीया, शुसिल पौडेल , टेन्नेसी निर्वाचित भएका छन । निर्वाचित कार्यसमितिको बैठकले निर्वाचित अध्यक्ष अर्यालको प्रस्ताव अनुसार अध्यक्षका प्रत्याशीहरु डा ठाकुर कार्की, शिव बिष्ट र पशुपति न्यौपाने तिनै जनालाइ सल्लाहकारमा नियुक्त गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १० : १२ बजे