२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

अमेरिकामा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु


Ang

२० भाद्र २०७६, शुक्रबार  

0
Shares

दुखद घटना

अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको छ । श्रद्धा खनालका बुबा र आमा अमेरिका घुम्न नेपालबाट आएका थिए । सवारी चालकको रुपमा रहेका श्रद्धाका पति प्रभाश ओझा र ४ वषिर्य छोरा अस्पतालमा उपाचार गरिरहेका छन् ।

प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक रहेको जनाएको छ । प्रभाश आफनै टोयोटा रयाभफोर चलाएर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व तर्फ गइरहेका बेला गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो । गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पतालमा मृत घोषित गरिएको थियो । उनीहरुलाई पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन ्। यस बारेमा प्रहरी अनुसन्धान गरिरहेका छन ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ३३ बजे