अमेरिकाको बरिष्ठ चिकित्सक डा पौडेलद्धारा एनआरएनए आइसिसिको महासचिवको उम्मेद्धवर घोषणा

२०७६ भाद्र २७, शुक्रबार १९:५४

एनआरएनए अमेरिकामा दुई कार्यकाल सफल नेतृत्व गरिसकेका डा केशव पौडेल आगामी अक्टुबर १५ देखि १७ सम्म काठमाडौमा हुन लागेको एनआरएनए आइसिसीको निर्वाचनमा महासचिव पदमा उम्मेद्धवरी दिने घोषणा गरेका छन ।
नेपालमा विद्यार्थी जीवनदेखिनै नेतृत्व गदै आएका डा पौडेलले एनआरएन अमेरिकालाई सस्थागत रुपमा माथि उठाउदै आउने क्रमा आइसिसिको सस्थागत हितको लागी महासचिव पदमा उम्मेद्धवरी दिएको बताए ।

‘ एनआरएनए अमेरिकामा शुरुवातदेखिनै गदै आएको कार्य अनुभवको आधारमा अब आइसिसिमा गएर थप योगदान दिनका लागी आगामी अधिबेसनमा महासचिव पदको उम्मेद्धवर बनेको छु’ डा पौडेलले भने ‘ आइसिसिमा पुगेर विश्वभरिका एनआरएनएकर्मिहरुको भावना अनुरुप सस्थालाई उचाई पुर्‍याउने सोचका साथ अघि बडेकोले सबैको सहयोगको आशा गरेको छु’ ।

तनहुको व्यास नगरपालिका वडा नम्बर ९ सतिस्वााराको सिस्नेरीमा जन्मिएका डा केशव पौडेल अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको बरिष्ठ चिकित्सक एवं मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन । एनआरएनए आइसिसिमा महासचिव हुनका लागी डा पौडेल अहिलेसम्म विभिन्न मुलुकहरुमा पुगेर त्यहाका एनआरएनए अभियन्ताहरुलाई भेटेर फर्केका छन ।

एनआरएनए अमेरिकामा डा पौडेल नेतृत्वको कार्यकालमा नेपालमा भुकम्प गएको वितिकै आफै चिकित्सक भएर चिकित्सक टोलि लिएर नेपालमा उपाचार सहयोग गर्नु साथै आर्थिक सहयोग, अमेरिकामा पहिलो विज्ञ सम्मेलन , प्रवासमा नेपाली भाषा संस्कृति जगेर्ना गर्नेका लागी विभिन्न राज्यहरुमा नेपाली पाठशाला खोल्ने कार्य, नेपाली कम्युनिटी सेन्टरको लागी आर्थिक सहयोग, अमेरिकाको मूलधारको राजनीतिमा जाने तर्फ प्रोत्सहण जस्ता महत्वपुर्ण कार्यक्रमहरु गरेका थिए ।

सम्बन्धित समाचार