७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

एनआरएनए आइसिसिमा सोनाम लामाद्धारा उपाध्याक्ष पदमा उम्मेद्धवरी


Ang

२ आश्विन २०७६, बिहिबार  

0
Shares

लामो समयदेखि एनआरएनए अभियानमा सक्रियताका साथ लाग्दै आएका एनआरएन उत्तर अमेरिकाका पुर्व क्षेत्रिय संयोजक सोनाम लामाले एनआरएनए आईसीसीको आगामी निर्वाचनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । लामा एक दशकदेखिन एनआरएनए अभियानमा सक्रियताका साथ जुटदै आएका छन ।

सन् २००९ देखि लगातार ४ बर्ष एनआरएनए आईसीसी सदस्य हुदै उत्तर अमेरिकाको लागी क्षेत्रिय उपसंयोजक र सन् २०१५ मा क्षेत्रीय संयोजकमा लामा निर्वाचित भएका थिए । आइसिसिको प्रतिनिधिको रुपमा क्षेत्रिय संयोजक भए लगतै लामाकै पहलमा अमेरिकामा एनआरएनएको सदस्य वितरणदेखि एनसिसि अमेरिकाको नेतृत्व चयनमा सहयोग पुर्‍याएका थिए ।
एनआरएनकर्मि लामाले नेपालमा गएको विनाशकारी भूकम्प र त्यसपछि गएको बाढि पहिरो लगायतका दैवि प्रकोपको बेला नेपालको सम्बन्धीत स्थानमा पुगेर राहत वितरण गर्नुको साथै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गदै आएका छन ।

न्युयोर्कमा याक रेष्टुरेन्ट, अर्गेनिक सुपरमार्केटको मालिक लामा पछिल्लो समय नेपालमा आफनै गृहजिल्ला मुक्तिनाथमा विशाल बुद्धको मुर्ति बनाउनुको साथै र अर्गनिक स्याउ खेतीमा लगानी गरि एप्पल र्फम सञ्चालन गदै आएका छन । यसको साथै उनले मुस्ताङ र ठमेलमा पनि पर्यटकको आर्कषक होटल सञ्चालन गरेका छन ।

एनआरएनएमा निरन्तरताको मुद्दा उठाउदै आएका लामाले आफनो कार्यकालमा न्युजर्सी सम्मेलनबाट पारित भिजन २०२० एण्ड वियोण्डको कार्यान्वयनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पनि बताएको छ । ‘ लामो समय एनआरएनएमा लाग्ने क्रममा अझै पनि आफुले सस्थाको लागी गर्नु पर्ने धेरै कुराहरु भएकोले उपाध्याक्ष पदमा उम्मेद्धवरी दिन लागेको हो’ लामाले एभरेष्टटाइम्सलाइ बताए । ‘भाषण थोरै काम धेरै सोनाम लामाको सपना समृद्ध नेपालको कल्पना ‘ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका लामालाई विगतमा उनले गरेको कार्य मुल्याङकनको आधारमा सवैतिरबाट उपाध्याक्ष पदमा उम्मेद्धवरी दिनुपर्ने सुझाव र आग्रह गदै आएको बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  २ : १३ बजे