तेस्रो एनवाईसी ग्रीन स्कुल सम्मेलन यही सेप्टेम्बर २६ तारिख न्युयोर्कमा हुने भएको छ । सम्मेलनले जलवायु पक्षधर नेताहरु, अनुसन्धानकर्ता तथा अभियानकर्ताहरुको विचार, अनुभवलाई आत्मसात् गर्दै दिगो समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।
सम्मेलनमा जलवायु पक्षधर नेताहरुको अनुभव, विचार तथा कथ्यहरु आदान प्रदान गरिने छ । यो तेस्रो वातावरणीय अन्तराष्ट्रिय प्राज्ञिक सम्मेलन हो । सम्मेलनले पारित गरेको प्रस्तावहरु सम्वन्धित क्षेत्रका लागि फलदायी हुने विश्वास लिइएको छ ।
सम्मेलनमा नेपाली समुदायका प्रतिनिधित्व गदै जीपी कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सम्मेलनमा बक्तव्य दिने भएको छ । यस्ता सम्मेलन मार्फत् शान्ति, प्रजातन्त्र र विकासका लागि बौद्धिक व्यक्तिहरुको जमघट तथा उनीहरुबीचको अन्तक्रिर्याले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।