न्युयोर्क । तामाङ समाज अमेरिकाको प्रथम साधारण सभा सम्पन्न भएको छ । सेप्टेम्बर २२ का दिन न्युयोर्कको उडसाइडमा आयोजित कार्यक्रम समाजकी अध्यक्ष सानुमाया तामाङले छ्युमे बालेर उद्घाटन गरेकी थिइन् ।
साधारण सभालाई समाजका संरक्षक एवं स्थानीय एल्म्हर्स्ट हस्पिटलका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङ, अर्का संरक्षक शान्त बाबु थोकर, तामाङ बौद्ध तथा सांस्कृतिक केन्द्रका अध्यक्ष ईन्द्र तामाङ र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बाबुराम लामाले सम्बोधन गरे ।
बैठकले संस्थाकी अध्यक्ष तामाङले प्रस्तुत गरेको संस्थाको भावी योजना तथा कार्यक्रम सम्बन्धी प्रतिवेदनलाई सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । त्यसै गरी संस्थाका महासचिव बुद्धिमान तामाङले प्रस्तुत गरेको वार्षिक प्रतिवदन परिमार्जनसहित पारित भएको छ भने कोषाध्यक्ष फुरु लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई समेत परिमार्जनसहित साधारण सभाले अनुमोदन गरेको छ ।
यस प्रथम साधारण सभाले संस्थाको विधानलाई आवश्यक परिमार्जन गर्दै कार्यकारिणी बोर्डमा केही फेरबदल गरेको समाजका नव-निर्बाचित महासचिव विनिता तामाङले प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
समाजको वर्तमान कार्यकारणी बोर्डमा को को?
- अध्यक्ष – सानुमाया तामाङ
- वरिष्ठ उपाध्यक्ष – सुमित्रा योन्जन
- उपाध्यक्ष – बुद्धिमान तामाङ
- महासचिव – विनिता तामाङ
- सचिव – रोजबहादुर घिसिङ
- कोषाध्यक्ष – तुलबहादुर तामाङ
- सह-कोषाध्यक्ष – सजुन थोकर
बोर्ड अफ डिरेक्टरस्:
- फुरु लामा
- विष्णु तामाङ
- अरुणा रुम्बा
- रिनु तामाङ
- युनिशा थिङ
- सुरेन्द्र तामाङ
- दिलमाया तामाङ
- राजु ब्लोन
- दिपेनशा लामा
- नरराज (चन्द्र) लामा
- सन्तबहादुर तामाङ
- कुङ्गा दोर्जी लामा
संरक्षक समिति
- लुईसाङ वाईबा तामाङ
- शान्त बाबु थोकर