९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

प्रवासी नेपालीको भावना अनुरुप चाडै एनआरएन नागरिकता दिने सरकारको योजना


Ang

१५ आश्विन २०७६, बुधबार  

0
Shares

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैरआवासिया नेपालीहरुको भावना अनुरुप चाडै विद्येयक मार्फत गैरआवासिया नागरिकता दिलाउने व्यवस्था गरिने बताए । एनआरएन अमेरिका न्युयोर्क च्याप्टरद्धारा न्युयोर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्रि ज्ञवालीले भने‘ आगामी हिउदे अधिबेसनमा गैरआवासिया नागरिकताको बारेमा विद्येयक पास गर्ने तिर हामी लाग्छौ यदि संसदबाट पास नहुने अवस्था आएमा अरुनै बाटोबाट भएपनि विधेयक पास गर्नेतिर लाग्नेछौ ’ । सरकारले एनआरएन नागरिकता गृहमन्त्रालयबाट दिने बारेमा भएको छलफलपछि विदेशमा बस्नेहरुको लागीे सम्बन्धीत मुलुकको कन्सुलेट प्रभावकारी देखिएकोले थप छलफल गरिरहेको उनले बताए ।

मन्त्रि ज्ञवालीले समुद्ध नेपाल बनाउनका लागी विदेशमा बस्ने नेपालीलाई लगानीको वातवारण बनाउनका साथै लगानी सुरक्षाको प्रत्याभुती दिन थालेको र दोहोरो करको व्यवस्था हटाउने सोच बनाएको बताए । ‘ विदेशमा बस्ने नेपालीहरुप्रति सरकारको दृष्टिकोण जहिले पनि सकारत्माक भएकोले कसरी मुलुकलाई सहयोग गर्न सकिन्छ भन्नेतिर सोच्न सबैलाई अनुरोध गर्न चाहान्छु मन्त्रिले भने—‘ विदेशमा बस्ने नेपालीको लागी सरकारको धारण स्पष्ट भइसकेकोले कुनै व्यक्तिले बोलेको कुराको पछि कोही पनि लाग्नु हुदैन’ । पछिल्लो समय विदेशमा बस्ने नेपालीलाई मतधिकारको व्यवस्था गर्न अदालतले आदेश दिइसकेको अवस्थामा मन्त्रि ज्ञवालीले यस बारेमा सरकारले लागी परेको बताए । त्यस्तै सरकारद्धारा घोषित भ्रमण बर्ष २०२० सफल बनाउन त्यतिखेर राजधानीको बौद्धनाथ जाने बाटो, राजधानीको सरसफाई र सुरक्षाको लागी सुधारको कार्यहरु थाल्ने मन्त्रिले बताए ।

उक्त अवसरमा सहाभागीहरुले नेपालमा शिक्षामा राजनितिकरण गरेको, भिजिट नेपाल भनेर प्रचार गर्ने तर नेपालमा पर्यटकले देखिने गरि फोहोर व्यवस्थापन गर्न नसकेको,सडकमा खाल्डाहरु यथावत रहेको र सुरक्षाको प्रत्याभुती किन दिन नसकेको भनी प्रश्न गरेका थिए । एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संयुक्त राष्ट्र संघको लागी स्थायी प्रतिनिधि अमृत बहादुर राई, एनआरएन आइसिसिको अमेरिकाज क्षेत्रका उपसंयोजक नविन शेरचन, एनआरएन सिटिजनसिप टक्सफोर्स समितिका कोचेयर तथा कानुन व्यवसायी खगेन्द्र क्षेत्री, डा तारा निरौला र डा गोविन्द कोइराला लगायतका विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । कार्यक्रम एनआरएन न्युयोर्क च्याप्टरका महासचिव खडकाले सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : ५४ बजे