२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

न्युयोर्कको एक क्लबमा बिहानै गोली चल्दा चार जनाको मृत्यु


२५ आश्विन २०७६, शनिबार  

0
Shares

फोटो:  New York Daily News

न्यूयोर्क । न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा पाँच जना अन्य व्यक्ति घाइते भएको न्युयोर्क डेली न्युजले जनाएको छ ।

न्यूयोर्कको ब्रुकलिनस्थित ए एसेस क्लबमा गोली चलाएको आरोपमा यो समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गरिएको छैन । कसैले आक्रमणको जिम्मा लिएको छैन भने आक्रमण गर्नुको उद्देश्य पनि थाहा हुन नसकेको न्यूयोर्क प्रहरीले बताएको छ ।

स्थानीय एबीसी टेलीभिजनको समाचारमा गोली चलेको स्थान रात्रिक्लब भएको उल्लेख छ । बिहानै चलेको गोलीका कारण चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एक महिला सामान्य घाइते भएका प्रत्यक्षदर्शी प्रहरीलाई उद्धृत गरी एबीसीले जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ५५ बजे