काठमाडौं । सासंद तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन् । पक्राउ पुर्जी जारी भएपछि गुरुङ आइतवार अदालतमा उपस्थित भएका थिए ।
काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो । दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । वीरध्वज खड्काको जाहेरीमा गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो ।
मुद्दा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो ।