न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेको ज्याक्सन हाईट्सस्थित याक रेस्टुरेन्टमा दोलखा श्यामा शेर्पा समाज अमेरिकाले पर्यटन प्रबर्द्धन सम्बन्धी अन्तरकृया तथा पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम् श्रीमती छिरिङ्ग डोल्मा शेर्पालाई सम्मान कार्यक्रम आयोजना गरेको छ । न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत पुष्पराज भट्टराई प्रमुख अथिति रहेको उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० र पर्यटन क्षेत्रको विकासबारेमा अन्तरराष्ट्रिय माउन्टेनियरिङ गाईड् तथा इन्स्ट्रक्टर पासाङ् शेर्पाले नेपाल सरकारले अन्तरराष्ट्रिय अल्प्पाईन् गाईड् एशोसियनसँग मिलेर प्रचार प्रसार गरे प्रभावकारी हुने र नेपालमा पर्यटकहरुलाई लगाउने शुल्कमा एकद्वार प्रणाली लागु गर्नु पर्ने सुझाव दिए ।
त्यसै गरी नेपाल अमेरिकन क्लाईम्बर्स एशोसियन अध्यक्ष पासाङ ङिमा शेर्पाले नेपाल हिमालमा आरोहणमा जोखिम मोलेर काम गर्ने शेर्पाहरुलाई बुढेसकालमा कुनै सुबिधा नभएको हुँदा शेर्पाहरु बिस्तारै पलायन हुन लागेको गुनासो गरे । एन आर एन पर्यटन पर्यटन संयोजक तथा शेर्पा किदुगका पुर्व महासचिव आङ जाङ्बु शेर्पाले नेपालको सडक बिस्तार र बिकासको नाममा ट्रेकिङ पदयात्राको रुटहरु नष्ट गर्न नहुने र पर्यटन प्रबर्द्धन गर्ने पुरानो शैली परिवर्तन गरी गुगल, ट्विटर, फेसबुक आदिमा बिज्ञापन गर्नु र नेपालको सडक, बाटो एयरपोर्टको सुधार तथा फोहोर ब्यबस्थापन हुनु पर्ने बताए ।
लुम्बिमी विकास कोषका पूर्व सदस्य सचिव आङ दावा शेर्पाले धार्मिक पर्यटक बढाउन लुम्बिनी क्षेत्र तथा धार्मिक स्थलहरुको संरक्षण गर्नु पर्ने, लुम्बिनी क्षेत्रमा बुद्ध मूर्तिहरु तोडफोड भएको बिषयमा अहिलेसम्म सरकारबाट कारबाही नभएको गुनासो गरे । शेर्पा संघ अमेरिकाको कार्यबाहक अध्यक्ष ल्हक्पा देन्डी शेर्पाले नेपालमा पर्यटन ठुलो सम्भावना र श्रोत भएको तर सरकारले पुर्वधारहरु खासै बिकास गर्न नसकेको कुरा राखे ।
शेर्पा किदुगका प्रबक्ता फरादेन्डी शेर्पाले पर्यटन क्षेत्रमा दु:ख गरेका अनुभवीहरुलाई अवसर दिनु पर्ने बताए भने शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले पर्यटन क्षेत्रको झन्झटिलो शैली हटाउनु पर्ने बताए । नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिब मुनिन्द्र नेम्वाङले नेपाल भ्रमण बर्ष घोषणा गरेपछि त्यसले बिश्वलाई राम्रो मेसेज दिनु पर्ने बताए ।
कार्यक्रमका विशेष अतिथिको छिरिङ्ग डोल्मा शेर्पाले आफुलाई नेपाल सरकारले सुम्पेको जिम्मेवार ईमादारितापुर्वक पुरा गर्ने र दोलखा श्यामा शेर्पा किदुगलाई धन्यवाद दिइन् । कार्यक्रमका प्रमुख अतिथिको महावाणिज्यदूत भट्टराईले सरकारले यो गरेन त्यो गरेन भनेर हैन कसरी सहयोग गर्न सकिन्छ भनेर सोच्नु पर्ने बताए । दोलखा स्यामा शेर्पा समाजका अध्यक्ष आङ पासाङ लामा शेर्पाले हामी युवाहरुले पैसाको पछाडि मात्र नलागी बचेको समयलाई जोश जागर हुने बेलामा समाजसेवा उपयोग गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा पर्यटन सद्भावना दूत छिरिङ्ग डोल्मा शेर्पालाई सम्मान गरिएको थियो । दोलखा श्यामा शेर्पा सामजका अध्यक्ष आङ पासाङ् लामा शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा सचिब रिन्जी शेर्पाले स्वागत मन्तब्य, सदस्य जिमा शेर्पाले संचालन गरेका थिए । उक्त कार्यक्रममा नेपाने क्लब खोरियाका अध्यक्ष छेवाङ लामा, एन आर एन पुर्व बोर्ड डाईरेक्टर आङ ङिमा ग्याल्जेन शेर्पा, नेपाल अनेरिका क्लाईम्बर्स एशोसियसनका पुर्व महासचिब आङ ग्याल्जेन शेर्पा, बरिश्ट कलाकार देन्डी शेर्पा, न्युयोर्क डेमोक्रटिक एसेम्ब्ली उमेदवार जोय चौधरी, नेजस न्युयोर्कका अध्यक्ष रोशन ढुंगाना लगायत बिभिन्न संघ सस्थाको प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।