त्रिपोली– पश्चिमी लिबियाको जुआरा सहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेको अधिकारीहरुले जनाएका छन् ।
उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो । प्रहरीले बिहीबार बिज्ञप्ति जारी गरेर उनीहरु बंगलादेशी नागरिक भएको जनाएको छ ।
उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ । यही मार्ग भएर दशौँ हजार व्यक्ति हरेक वर्ष शरणार्थीका रुपमा युरोप छिर्ने प्रयास गरिरहेका हुन्छन् । त्यसै क्रममा उनीहरु लिबियिाको उक्त पश्चिमी क्षेत्रका साथै अन्य सहरबाट पनि पक्राउ पर्ने गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले लामो समयदेखि यात्राका लागि लिबियाको बाटो सुरक्षित नभएको बताउँदै आएको छ ।
उक्त देश सन् २०११ देखि नै असुरक्षित हुँदै आएको बताइएको छ ।
सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा यहाँका नेता कर्णेल माउमर गद्दाफी मारिएपछि लिबियाको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको छ ।