सोल- अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीबीचको वार्ता आउँदो शुक्रबार हुने भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा वार्ता दुवै देशका मन्त्रीबीच वार्ता हुने भएको हो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ ।
दक्षिण कोरियाका रक्षामन्त्री जोª क्योª डु र अमेरिकी रक्षामन्त्री मार्क एस्परबीच हुने वार्ता वार्षिक रक्षामन्त्रीस्तरीय द्धिपक्षीय वार्ता हो ।
आगामी शुक्रबार हुन लागेकोे वार्ता दुई देशबीचको ५१ औँ सुरक्षा परामर्श बैठक पनि रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
उक्त वार्ताका क्रममा यी दुई देशबीचमा आपसी सुरक्षा सम्बन्ध मामिलाका विषयमा कुराकानी हुने बताइएको छ ।
यसका साथै कोरियाली प्रायद्धीपमा जारी सुरक्षाको अवस्था, उत्तर कोरिया एवं अन्य क्षेत्रीय सुरक्षाका विषयमा कुराकानी हुने पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता दुई पटकसम्म भएको छ । आगामी दिनमा पनि यी दुई देशबीचका वार्ताको सम्भावना रहेका समाचारहरु आएका छन् ।
यस अवस्थामा दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीहरुको वार्ता हुन लागेकोले यसलाई महत्वपूर्ण विषयका रुपमा पनि लिइएको छ ।