२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

काबुलमा कारबम विस्फोट, ७ जनाको मृत्यु



काबुल- अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा विस्फोट भएको थियो ।

विस्फोटमा अन्य ७ जना सख्त घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जनाएका छन् । शक्तिशाली विस्फोट भएको नजिकै रहेका भवन, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बम विस्फोट गरिएको स्थानलाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कसैले जिम्मा लिएको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : ३४ बजे