नेपाल प्रकृति सुन्दरताले भरिएको देश हो । त्यही सुन्दरता हेर्न विश्वभरिकै पर्यटकहरु नेपालमा वर्षेनी विभिन्न याममा घुम्न जाने गरेका छन । पदयात्रा, पर्वतारोहण, धार्मिक एवं शाहसीक खेल लगायत अन्य विभिन्न रुचिका साथ लामो समयदेखिन नेपालमा गइरहेको पर्यटकको संख्या बडाउन नेपाल सरकार यतिखेर लागी परेका छन । आगामी वर्ष २० लाख पर्यटक नेपाल भित्रयाउने उद्धेस्य अनुरुप सरकारले ‘भिजिट नेपाल २०२०’ नाराका साथ प्रचारप्रसार गदै आइरहेका छन ।
नेपालमा जाने पर्यटकलाई सरकारले खासै सुविधा दिन नसकेपनि आगामी भ्रमण बर्षको प्रचारप्रसार भने तिव्र गतिमा अघि बडाइरहेका छन ।
सरकारको यो अभियानको प्रचार न्युयोर्कस्थित नेपाली कन्सुलेट, एनआरएनए र नेपाली समुदायले पनि संयुक्त रुपमा थालिसकेका छन । केही महिना अघि टाइम्सस्वायरमा नेपाल चिनाउने कार्यक्रम गरेसंगै आगामी जनवरि महिनामा जवेद सेन्टरमा नेपालको चिनारी दिने ट्राभल सोमा नेपाल पेभिलियनको स्टल राख्नुको साथै मे महिनामा विभिन्न कार्यक्रम गर्न लागेको न्युयोर्कस्थित नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराईले बताए ।
‘ भिजिट नेपाल २०२० सफल बनाउन नेपाली समुदायको साथमा विभिन्न कार्यक्रमहरुसंगै थप अन्य कार्यहरु गर्न सरकार समक्ष विभिन्न प्रस्तावहरु पठाएका छौ’ महाबाणिज्यदुत भट्टराईले भने-‘ पर्यटन नेपाल चिनाउने कार्यक्रम लागी अमेरिकामा पर्यटकले सजिलै चिन्न र थाहा पाउने गरि गरि म्यानहृटनको बाटोमा गुडने बसमा र होल्डीङ बोर्डमा नेपाल चिनाउने पोष्टर राख्ने प्रस्ताव गरेका छौ’ उनले भने-पार्कतिर, कलेजतिर पनि सवैलाई जानकारी दिन मिल्ने केही कार्यक्रम सोच बनाउनुको साथै जनवरी २४ देखि २६ सम्म न्युयोर्कटाइम्स ट्राभल सोमा भाग लिने योजना बनाएका छौ ‘ ।
नेपाल पेभिलियनको रुपमा गरिने यो कार्यक्रममा नेपालले एउटा स्टल राखेर नेपालको चिनारी दिने भएको उनले बताए । उत्तर अमेरिकाको सवैभन्द ठुलो ट्राभल सोको रुपमा मानिने यो कार्यक्रममा हजारौ पर्यटकको आगमान हुने भएको छ । यो कार्यक्रमको साथै नेपालको धार्मिक पर्यटक प्रर्वद्धनको लागी आगामी मे महिनाको १५ र १६ तारिखमा धार्मिक तथा सास्कृतिक पर्यटनको कार्यक्रम गर्न लागेको उनले बताए ।
नेपालमा रहेको हिन्दु र बौद्ध दुबै धर्मवलाम्बीको साझा आस्थाको केन्द्रको रुपमा मान्दै आएको मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, हलेशी र बराह क्ष्ाेत्रको प्रर्वद्धन गर्ने कार्यक्रममा न्युयोर्कमा बस्ने विश्वका हिन्दु गुरुहरु र बौद्धगुरुहरुलाई निम्तो दिने योजना बनाएको उनले बताए । महाबाणिज्यदुत भट्टराईले आइतबार शेर्पा किदुगमा समुदायका प्रतिनिधिहरुलाई बोलाएर भिजिट नेपाल २०२० को प्रचारप्रसारको बारेमा जानकारी दिनुको साथै समुदायका प्रतिनिधिहरुबाट राय सुझाव संकलन गरेका थिए । कार्यक्रममा एनआरएनएका उपाध्याक्ष सोनाम लामाले सरकारद्धारा घोषित भ्रमण बर्ष सफल बनाउन एनआरएनले विशेष भुमिका खेल्ने बताएका थिए ।
‘ अहिले नेपालमा विदेशीहरु मात्र होइन विभिन्न मुलुकबाट एनआरएनहरु पनि पर्यटकको रुपमा नेपालको भ्रमण गर्न थालेकोले सरकारले त्यस तर्फ पनि ध्यान दिनु पर्छ’ उपाध्याक्ष्ा लामाले बताए । कार्यक्रममा एनआरएन पर्यटन संयोजक आङ जाङबु शेर्पा, पर्यटन बोर्डका जन सम्पर्क अधिकृत प्रदीप श्रेष्ठ, आदीवासी जनजाती महासंघका अध्यक्ष मान राणामगर, नेपाल तरुण दल अमेरिकाका उपाध्याक्ष अनन्त सुवेदी, तामाङ समाजका अध्यक्ष लाकेन लामा, शेर्पा किदुगका पुर्व अध्यक्ष लोप्साङ ठिले शेर्पा, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष छिरिङ तेन्जी शेर्पा, युएस नेपाल क्लाइबर्स एसोसियसनका अध्यक्ष पासाङ निमा शेर्पा, एलमष्ट अस्पतालका कम्युनिटि एडभाइजरी बोर्ड सदस्य यादव बास्तोला, शेर्पा संघका उपाध्याक्ष मिङमा शेर्पा, तामाङ सोसाइटीका पुर्व अध्यक्ष इन्द्र तामाङ लगायतका उपस्थिति रहेका थिए ।
सरकारलाई सुझाव
कार्यक्रममा नेपालबाट फर्केका विभिन्न सस्थाका प्रतिनिधिहरुले सरकारद्धारा भिजिट नेपाल २०२० भनेर जति प्रचार गरेपनि नेपालमा पर्यटक ओर्लेवितिकै विमानस्थल र अध्यगमनमा निकै ठुलो दुख भोग्नु परेको जानकारी दिएका थिए । विदेशबाट आउने पर्यटकहरुले अध्यगमनमा भिषाका लागी लामो समय लाइन बस्नु परेकेा पिडा एकतिर देखिन्छ भने अर्कोतिर सामान लिने लाइन पनि उतिकै देखिन्छ । भिषाको लागी देखिएको लामो लाइनको पिडा कम गर्न सरकारले अनलाइन भिषाको व्यवस्था गर्नु पर्ने सुझाव दिएका थिए ।
विमानस्थलमा पर्यटकहरुको लागी केही समास्या परेमा सम्पर्क गर्ने राम्रो वाइफाइको व्यवस्था गर्नु पर्ने र नेपालको बारेमा जानकारीमुलक सामाग्री राख्नु पर्नेछ । त्यस्तै नेपालबाट विदेशमा उडान हुने विमानमा समेत भिजिट नेपालको प्रचारप्रसार सामाग्री टास्नु पर्ने । भ्रमण वर्षको अवसरमा नेपाल आउने पर्यटकहरुको लागी विशेष सुविधाहरु दिनु पर्ने सुझावहरु दिएका थिए ।
यो अभियानलाई सफल बनाउनका लागी सरकारको तर्फबाट विश्वका चर्चित सञ्चारमाध्यामका सञ्चारकर्मिहरुलाई नेपालको बारेमा जानकारी दिने उद्धेस्य कोही आउन चाहान्छ भने विशेष सुविधाका साथ निम्तो दिनु पर्ने अर्को सुझाव दिएका थिए । भ्रमण वर्ष सफल बनाउन पर्यटकको भावना अनुरुपको आवश्याक पुर्वधारहरु सरकारले तयार पार्नु र सुरक्षाको प्रत्युभुती दिलाउनु पर्ने पर्यटन व्यवसायीहरुले सरकार समक्ष माग राख्दै आएको छ ।