१४ आश्विन २०८०, आइतबार | Sun Oct 1 2023

कांग्रेस नेतृ सुजाता न्युयोर्कमा सम्मानित


Ang

४ मंसिर २०७६, बुधबार  

0
Shares


नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री एवं गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालालाई न्युयोर्कमा सम्मान गरिएको छ । नेपालको पुर्व प्रधानमन्त्रि एवं नेपाली कांग्रेसको पुर्व अध्यक्ष स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले न्युयोर्कको ज्याक्सन हाइटस्थित जुइस कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा नेतृ कोइरालालाई स्वागत तथा सम्मान गरिएको हो ।

नेतृ सुजाता कोइराला प्रमुख अतिथि रहेकेा उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कका सिनेटर जोन सि लियु, बु्रकलिन बोरो पि्रसेडेन्ट एरिक एडम्स ,न्युयोर्क सिटिका एसेम्बली मेम्बर डेविट वेपरिन, क्वीन्स बोरो कम्युनिटि डाइरेक्टर डा मोहमद हृयाक, लगायत न्युयोर्क सिटिका अन्य प्रतिनिधिहरुको साथै ,जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समितिका पुर्व महाधिबेसन संयोजक विष्णु सुवेदी, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।


नेपाल र अमेरिकाको राष्ट्रिय गानाबाट सुरु गरिएको कार्यक्रममा गायिका संगीता मुखिया छोचुले शुभकामना गीत प्रस्तुत गरेकी थिए । त्यस्तै गायक राम श्रेष्ठले अङ्ग्रेजी गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने बालिका अरमानी महर्जनले नेपाली गीतमा नृत्य र तिब्बती कलाकारहरु तेन्जिङ छयेनि र छेकी छुल्डिमले तिब्बती गीत प्रस्तुत गरेकी थिइन् ।
उक्त अवसरमा नेपाली राजनितिमा नेतृ सुजाता कोइरालाले पुर्‍याएको योगदानको कदर स्वरुप न्युयोर्क सिटि बु्रकलिन बोरो पि्रसेडेन्ट एरिक एडम्स र न्युयोर्क सिटि काउन्सीलमेम्बर पावल भ्यालोनले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेतृ कोइरालाले आफनो बुबा स्व गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रको पुनःस्थापना, माओवादीको १० वर्षे जनयुद्ध अन्त्य गराई माओवादीलाई शान्तिप्रक्रियाका ल्याउन खेलेको भुमीको बारेमा स्मरण गराएकी थिइन । नेपाल र अमेरिका वीचको पुरानो सम्बन्धलाई अझ मजबुद गदै जानु पर्ने बताउदै सबै अमेरिकनहरुलाई आगामी नेपाल भ्रमण बर्षमा नेपाल भ्रमणको लागी नेतृ कोइरालाले निमन्त्रणा गरेकी थिइन । त्यस्तै राष्ट्र संघका नेपालका प्रतिनिति अमृतबहादुर राई, सिनेटर जोनसि लिउ लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि आआफ्नो मन्तव्य व्यक्त गर्दै सुजाता कोइरालालाई बधाई ज्ञापन दिएका थिए । फाउण्डेसन अमेरिकाको अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रम सञ्चालन गदै नेपाल र विदेशी मुलुकहरुको सम्बन्ध राम्रो बनाउन फाउण्डेसनले पुलको काम गर्ने बताएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई फाउण्डेसनका उपाध्याक्ष वृन्दा राईले धन्यवाद ज्ञापन गरेकी थिइन ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ४५ बजे