२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

सिरियामा बिष्फोटमा परी १० को मृत्यु, कैयौं घाइते



दमास्कस, सिरिया– सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । विष्फोटमा परी २५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।

राकाको ग्रामिण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोगप्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो ।

सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा ५ जना सर्वसाधारण परेका र ५ विद्रोही रहेको बताइएको छ । उक्त घटनामा २२ जना सख्त घाइते भएका छन् भने केहीलाई सामान्य चोट लागेको बताइएको छ ।

घाइतेमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या थप वृद्धि हुनसक्ने बेलायतस्थित उक्त संस्थाले जनाएको छ ।

गत महिना टर्कीले आफ्नो सीमा क्षेत्रमा रहेका कुर्दिस नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि उनीहरू (विद्रोही लडाकू) तेल अब्यादमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : २३ बजे