९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

अल्वानियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुग्यो



तिराना– अल्बानियामा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको छ ।

यहाँको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ ।’ विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन ।
बाल्कन राज्यमा विगत केही दशकयता गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ । पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन् ।

भूकम्पका कारण करिब ५ सय जना घाइते भएको र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ०० बजे