काठमाडाैं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सको विमान हुँदै हङकङबाट नेपाल आएका उनीहरु बिहीबार राति पक्राउ परेका हुन् । राति ११ बजे दुई चिनियाँ नागरिकलाई ४/४ किलो सुनसहित पक्राउ गरिएको हो।
नियन्त्रणमा लिइएकामा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।
उनीहरुमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरु तस्करीको सुन बोक्ने मालिक वा भरिया बारे खुल्न सकेको छैन ।









