काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफू छिट्टै चीन भ्रमणमा जान लागेको बताएका छन् ।
नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै नै आफ्नो नेतृत्वको टोली चीन भ्रमणमा जान लागेको बताएका हुन् ।
‘नेपालका पार्टी र नेताहरुले चीनको अध्ययन गर्ने र उहाँहरु पनि आएर नेपालको अध्ययन गर्ने सहमति भएको थियो । सहमति पछि पहिलो टोली छिट्टै चीन भ्रमणमा जाँदै छ, दाहालले भने, ‘उहाँहरुले मेरो नेतृत्वमा आइदियोस् भन्ने कुरा प्रधानमन्त्री र मलाई पनि भन्नु भएको छ । म जाँदै पनि छु ।’
उनले चिनियाँ राष्ट्रपति सी चिन पिङसँग अलग–अलग सन्दर्भमा ८ पटक भेटेको समेत बताए ।