२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

शव बोकेको एम्बुलेन्स ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु



सुनसरी— कोसी गाउँपालिकामा शनिबार राति एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

राति साढे १२ बजेतिर कोसी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटनामा ६ व्यक्तिको घटनास्थलमै ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपापलिका उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राई रहेका छन्।

उनीहरु विराटनगरबाट र शिवमाया राईको शव लिएर गाइघाट गइरहेका थिए। मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

पूर्वपश्चिम राजमार्गस्थित हरिपुरमा पश्चिम जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स विरजञ्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएको थियो। एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : १६ बजे