११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

उपनिर्वाचन परिणाम : ३९ वडाध्यक्षमा कति कसले जिते ?



काठमाडाैं– शनिबार भएको उपनिर्वाचनको हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार नेकपा का २२, नेपाली कांग्रेस ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

कास्की–२ प्रतिनिधिसभा, भक्तपुर–१ प्रदेशसभा (क), दाङ प्रदेशसभा–३ (ख), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको मतगणना जारी छ ।

प्रतिनिधिसभा सदस्य बागलुङ –२ (ख) को मतगणना आज सुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी पाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : ४२ बजे