टेक्सासको सान एन्टोनियोमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

२०७६ मंसिर १६, सोमबार १३:५८

टेक्सास– अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राति भएको एक हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको उक्त इलाकामा दुर्घटना भएको थियो ।

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ ।

सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार