३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

अमेरिकामा मनायो उधाैली


Ang

१७ मंसिर २०७६, मंगलबार  

0
Shares

किरात राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभीपी च्याप्टरले उधौली कार्यक्रम आयोजना गरेको छ । च्याप्टरका अध्यक्ष प्रकाश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले भावी पुस्तालाई राई समुदायको भाषा र सस्कृतिको महत्वको बारेमा जानकारी दिनका लागी उधौलि कार्यक्रमको आयोजना गरेको बताएका थिए ।

उनले अमेरिकामा रहेका सम्पूर्ण राईहरु एक भएर आफनो संस्कार र संस्कृति जोगाउन तथा भैपरी आउने समस्यामा एकआपसमा सहयोगको वातावरण तयार गर्नका लागी सवैलाई आग्रह गरेका थिए । किरात राई समुदायमा हरेक वर्षको हिउद र शरद याममा उभौलि र उद्याैलि दुई पर्वको भव्यताका साथ मनाउदै आएका छन ।

एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष तथा अर्गनाइजेशनका पूर्व केन्द्रीय अध्यक्ष्ा एवं जनजाति महासंघ अमेरिकाका सल्लाहकार मिलन राईले किराती समुदायको महान पर्व उधौली र उभौलीको बारेमा जानकारी दिएका थिए । विदेशका व्यस्तता बीच पनि राई समुदायमा आफनो सस्कार र सस्कृतिको बारेमा चासोका संरक्षणमा लाग्नेहरुलाई धन्यवाद दिदै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए ।

महासचिव हर्क राईले सञ्चालन गरेको कार्यक्रममा केशर राईले उपस्थित सवैलाई स्वागत मन्तव्य दिएका थिए । त्यस्तै संस्थाको आर्थिक विवरण बारे सरिता राईले सबैलाई जानकारी दिएकी थिइन् । उक्त अवसरमा डिएमभिपी च्याप्टरमा आवद्ध नया सदस्यहरुलाई अध्यक्ष प्रकाश राईले खादा लगाएर स्वागत गरेका थिए भने न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । राईले अमेरिकामा रहेका राईहरु एकजुट भएर आफनो संस्कृति र संस्कारको संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : ०४ बजे