अमेरिकामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यक्तिहरुको संगठन प्रवासी नेपाली एकता समाजको प्रथम अधिबेसन सम्पन्न भएको छ । राप्रपा पाटीका अध्यक्ष कमल थापाद्धारा बाल्टिमोरमा उदघाटन गरेको अधिबेसनले बोष्टनबासी राजेन्द्र शेरचनको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । त्यस्तै समाजका उपाध्यक्षहरुमा दिपु भुसाल ( टेक्सास),नरेन्द्र शाह ( न्यूयोर्क) र राधा शर्मा ( मेरिल्याण्ड) चयन भएका छन् ।
महासचिवमा नवराज खड्का (न्यूयोर्क),सचिवमा नरेन्द्र रावल (मेरिल्याण्ड) र कोषाध्यक्षमा रामशरण श्रेष्ठ ( न्यू हृयाम्प्सायर) रहेका छन् । १५ सदस्यीय समितिका केन्द्रीय सदस्यहरुमा रुद्र राउत (न्यूयोर्क),नारायण थापा ( भर्जिनिया),पारसमणी श्रेष्ठ ( मेरिल्याण्ड),बाचुन केसी ( न्यूयोर्क),साधुराम कुइकेल ( बोष्टन),सुनिता लिङ्ग्देन ( ओहायो),अर्जुन विष्ट ( क्यालिफोर्निया) र वामदेव अर्याल ( मेरिल्याण्ड) रहेका छन् । यो समाजको सस्थापक अध्यक्ष आङकामी शेर्पा हुन । उनकै पहलमा समाज न्युयोर्कमा स्थापना भएको हो ।
थियो । समाज सन् २०१२ देखि नै अमेरिकामा पाटीको सांगठनिक गतिविधि गर्दै आएका थिए । कार्यक्रममा पाटी अध्यक्ष थापाले प्रवासमा रहेका राष्ट्रवादी नेपालीहरुले मुलुकको विकासमा योगदान दिएकोमा प्रसंसा गदै सवै एक हुन आग्रह गरेका थिए । समाजका संयोजक लोक तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपाका सहमहामन्त्री प्रेमकुमार श्रेष्ठ,समाजका विभिन्न राज्यका संयोजकहरु,बाल्टिमोरका विभिन्न सस्थाका प्रतिनिधिहरुले अधिबेसन सफलताको शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम समाजका पुर्व महासचिव दिपु भुसालले सञ्चालन गरेका थिए ।