९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं दिन डिस्चार्ज भएका छन् । उनी बिहीबार दिउँसो बालुवाटारस्थित निवास पुगेका हुन् ।

अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखेर उपचार गराइरहेको थियो ।

यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् ।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिएका छन् । चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ४ : १२ बजे