६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

फ्लोरिडामा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु



वासिङ्टन– अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा ४ जनाको ज्यान गएको छ । घटनामा दुई सर्वसाधारण र दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको हो ।

समाचारमा जनाइएअनुसार उक्त गोलीकाण्ड बिहीबार भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए ।

त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एकजनाको पनि ज्यान गएको बताइएको छ ।

प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका दुई जना बन्दुकधारी मारिएका बताइएको छ । केही सामान लुटेका उनीहरुले उक्त पसलकै सवारी साधनलाई नियन्त्रणमा लिएका थिए र सवारी चालकलाई समेत नियन्त्रणमा लिएर उक्त गाडी आफूले चाहेको स्थानतर्फ लैजान बल गरेका थिए ।

यसरी भाग्ने क्रममा देखेर प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई जना बन्दुकधारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

गोलीकाण्ड बारे प्रहरीले अनुसन्धान थालेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : २७ बजे