७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एनआरएनए उपाध्यक्ष लामा सम्मानित



न्यूयोर्क– गैरआवासीय नेपाली संघ (एनआरएन) न्यूयोर्क च्याप्टरले एनआरएनए आइसिसिमा निर्वाचित उपाध्यक्ष सोनाम लामाका लागि बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम शेर्पा किदुगको हलमा भएको थियो । एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कन्सुलेटका महाबाणिज्यदूत पुष्पराज भट्टराई, आदिवासी जनजाति महासंघ, अमेरिका फिप्नाका अध्यक्ष मान रानामगर र एनआरएनका क्षेत्रिय उपाध्यक्ष विआर लामा, एनआरएनएका पूर्व बोर्ड अफ डाइरेक्टर सन्जय थापालगायत विभिन्न सस्थाका प्रतिनिधिहरुले एनआरएनएमा निर्वाचित उपाध्यक्ष लामालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष लामाले निर्वाचनमा मत दिनेहरु र सहयोगीहरु सबैलाई धन्यवाद दिए । उनले निर्वाचनको बेला आफूले बाचा गरेका कुराहरु पुरा गर्नका लागी आफु लागि पर्ने बताए । कार्यक्रममा अध्यक्ष अधिकारीले खादा तथा प्रमाण पत्रले लामालाई सम्मान गरेका थिए ।

उपाध्यक्ष लामाले काठमाडौंमा सम्पन्न एनआरएनएको निर्वाचनमा सहयोग गर्नेहरुलाई याक रेष्टुरेन्टमा रात्रीभोजको पनि आयोजना गरेका थिए । उपाध्यक्ष लामा एनआरएनएमा क्षेत्रिय उपसंयोजक हुँदै संयोजक र यस पटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ३९ बजे