बौद्ध धर्म गुरु खेन्पो साङगे राङजुङ रिम्पोचेद्धारा न्युयोर्क बौद्ध धर्मको महत्वपुर्ण ज्ञान र अभिषेक प्रदान गरियो । रिम्पोचे बौद्धधर्मको उच्च अध्ययनपछि नेपालमा आएर व्यवस्थित शिक्षालय खोलेर हजारौलाई बौद्ध ज्ञान र शिक्षा दिदै आएका धर्म गुरु हुन । खेन्पो साङगे रिम्पोचेले न्युयोर्कमा बौद्ध ज्ञान र अभिषेक प्रदान गरिएको दोश्रो हो । शेर्पा किदुगद्धारा आइतबार आयोजना गरेको कार्यक्रममा रिम्पोचेले ङिङमा परम्पराको महानायक लोङछेन जिग्मेलिङवाले खोजि गर्नु भएको निधि अन्र्तगतको महत्वपुर्ण ग्रन्थ लोङछेन ङिङथिक ङोन्डोको लुङ (आगम) र गुरु रिम्पोचेको रत्न थोठेङचलको अभिषेक प्रदान गरिएको हो ।
खचाखच भरिएको हलमा रिम्पोचेले बौद्ध ज्ञानसंगै मानव जीवनलाई सुखी बनाउने आधारभुत ज्ञानहरुको साथै बुद्ध र बुद्धत्व सम्बन्धीत महत्वपुर्ण शिक्षा दिएका थिए । रिम्पोचेले फार्पिङमा स्थापना गरेको न्यग्युर ङिङमा फयुल उर्गेन दोर्जी छोलिङ गुम्बाबाट ८ सय जना विद्यार्थीहरुले बौद्ध शिक्षाको उच्च अध्ययन गरिरहेका छन ।
खेन्पो हुदै रिम्पोचेको उपाधी पाउन सफल रिम्पोचेले मानव जगतलाई बौद्धधर्मको ज्ञान बाडनुको साथै बौद्ध धर्म र दर्शनमा महत्वपुर्ण योगदान पुर्याउदै आएका छन । रिम्पोचे आफुले स्थापना गरेको गुम्बाको साथै नेपालको विभिन्न जिल्लाहरुमा रहेको गुम्बाहरुलाई सहयोग गर्नुको साथै विश्वका विभिन्न मुलुकहरुमा बौद्ध ज्ञानहरु बाडदै आएका छन ।
बौद्ध धर्म गुरुहरु डा युला शेर्पा, खेन्पो पेमा छिरिङ, लामा टुल्कु र लोपेन गिर्मि छोढकको उपस्थिति रहेको कार्यक्रममा रिम्पोचेलाई सहाभागीहरुको तर्फबाट शेर्पा किदुग, रिग्सुङ लोप्टा र स्यामा किदुगले मण्डाल कुसुम चढाएका थिए । न्युयोर्कको यो कार्यक्रमपछि रिम्पोचे भर्जिनिया र टेक्सास हुदै नेपाल फकने भएको छ ।