जोहानेसबर्ग– दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा स्थानीय समयानुसार सोमबार ५ दशमलव ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।
यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेको यूएसजीएसले बताएको छ ।
यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस क्षेत्रमा भूकम्प अरु देशको तुलनामा विरलै गएको पाइन्छ । तर वेस्ट इन्डिजको केही भागहरूमा प्रायः अनुभव गरिन्छ ।