९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

लोकसेवाले माग्यो साढे सात सय बढी अधिकृत



काठमाडाैं– लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीका लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ।

आयोगले बुधबार सूचना जारी गर्दै अप्राविधिकतर्फ न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो।

न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको क्षेत्रका लागि ५ सिटमा आवेदन खोलेको हो।

परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा खुलातर्फ २३८, महिलातर्फ ७७, आदिवासी/जनजातितर्फ ६१, मधेसीतर्फ ५१, दलित २०, अपांग ११ र पिछडिएको क्षेत्र १० जनाका लागि विज्ञापन गरिएको छ।

स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले पुस १५ सम्म एक हजार रूपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्नेछन्।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  २ : १२ बजे