९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

नेपाली समाजसेवी आङकामी शेर्पा ताइवान सरकारबाट सम्मानित


२५ मंसिर २०७६, बुधबार  

0
Shares

नेपाली समाजसेवी आङकामी शेर्पालाई ताइवान सरकारले विषेश सम्मान गरेको छ। ताइवानमा डिसेम्बर ८ मा आयोजित एनुअल इमिग्रेसन फेस्टिभलको अवसरमा शेर्पालाई उक्त सम्मान प्रदान गरिएको हो ।

त्यहाँको सरकारले समाजसेवामा उल्लेख्य योगदान गर्ने विदेशीलाई छनोट प्रक्रियाबाट सात उत्कृष्टलाई हरेक वर्ष सम्मान गर्दै आएकोमा यसपटक शेर्पा सम्मानित भएका हुन् । यसपटक यसरी समाजसेवामा नाम कहलिएका ४० जना विदेशी नागरिक यस सम्मानका लागि छानिएका थिए । जसमध्ये आङकामी उत्कृष्ट बन्न सफल भए ।

‘समाजसेवामा अतुलनीय सेवा पुर्‍याएको प्रमाणित भएका ४० जनामध्येबाट छनोट समितिले मलाई छाने,’ ताइवानबाट एभरेस्ट टाइम्ससँग शेर्पाले भने, ‘किनक़ी मैले विशेसग़री अपांग बालबालिकालाई लामो समयसम्म स्वयंसेवकको रुपमा सेवा गर्ने अवसर जूरेको थियो। यसै क्रममा ताइवान को स्थानीय सरकारले म लगायत अरु सात जनालाई छनोट गर्‍यो।’ समाजसेवीहरुलाई न्यायालयका उच्चाअधिकारीले सम्मान प्रदान गरिएको थियो।

समाजसेवामा सक्रिय शेर्पाले सम्मान र पुरस्कारका लागि भन्दा पनि निस्वार्थ भएर सेवामा लागेको उनको भनाई छ। भने, सम्मान पाउला, पुरस्कार  पाउँला भनेर चाहिँ मेरो सय मनमा एक मन पनि सोचेको थिएन। निस्वार्थ मनदेखि सच्चा गरिब पीडितहरुलाई सेवा गरे तपाईं हामीले मरेर लानु केही छैन पैसाले किनेर न पाउने खुशी मिल्छ। सेवा गर। आश कहिले नगर। सेवा नै धर्म हो।

केही समयअघि अमेरिकाबाट ताइवान पुगेका शेर्पाले यसअघि पनि विभिन्न किसिमका समस्यामा परेका व्यक्तिहरुको उद्धार गरेका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नै सयभन्दा बढी पीडितको उद्धार गरिसकेका छन्।

शेर्पाले फेसबुक लाइभमार्फत कुवेतलगायत विभिन्न खाडी मुलुकमा बेचिएका चेलीहरुको उद्धार गरेका उनले पछिल्लो समय सरकारी कमजोरीका कारण फिलिपिन्स फर्काइएका नेपाली बुहारीलाई परिवारको साथमा नेपाल फर्काएका थिए । ताइवानमा पुगेर पनि मानवीय सेवामा निरन्तता दिँदै आएका उनलाई कामको मुल्यांकन गरी त्यहाँको सरकारले सम्मान गरेको जनाइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ११ : ०५ बजे