न्यूयोर्कको ज्याक्सन हाइटमा हालै फरक किसिमको कार्यक्रम सम्पन्न भयो । प्राय सधै औपचारिक, आसन भाषण, खादा माला पहिर्याउने भन्दा त्यो दिनको कार्यक्रम विल्कुलै फरक थियो । भरिभराउ हलमा भएको त्यो कार्यक्रम थियो स्वर सम्राट स्व नारायण गोपालको २९ औं पुण्य तिथिको विशेष कार्यक्रम । अतिथिहरु प्राय सवै समयमै आइपुगेको कार्यक्रममा कुनै विना भाषाण र लम्बेतम्बे आसन ग्रहण पनि खासै थिएन । नेपालबाट आएकी कवि तथा पूर्व सांसद कुन्दा शर्माले स्वर सम्राटको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुरु गरेकी थिए ।
न्युयोर्कमा रहेका सबै कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा कलाकारहरुले श्वर सम्राट स्व नारायण गोपालले गाएको गीतहरु गाएर दर्शकहरुलाइ मनोरञ्जन दिएका थिए । नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा माया पे्रम, जीवनका अनेकौं पाटाहरुलाई समेटेर रचिएका कालजयी गीत गाएर अजर र अमर बनेका स्वर्गिय नारायण गोपालप्रतिको कलाकारहरुले मात्र होइन सम्पूर्ण कला पारखीहरुले पनि उत्तिक्कै सम्मान गरेका थिए । कार्यक्रममा वरिष्ठ गायिका सपनाश्री, जगदिश समाल, संगीता मुखिया, राम श्रेष्ठ, शिव परियार, बिमल डागी, ओम कर्माचार्य, राजेन्द्र राई, सानु शेर्पा, राजु ढुंगेल, तुलसी राम न्यौपाने र प्रेम सेन्चुरीले नारायण गोपालको गीत प्रस्तुत गरेका थिए । गायक तथा गायिकाहरुले गीत प्रस्तुत गरिरहादा दर्शकहरुले पनि गाएर साथ दिनुका साथै कतिपय गीतमा नृत्य समेत गरेका थिए ।
कार्यक्रममा हरिश माथेमा, न्हुच्छमान डंगोल, नारायण आभाष, शिशिर श्रेण्ठले वाद्यवादनमा साथ दिएका थिए । स्वर सम्राट स्व नारायण गोपालको गीतहरु प्रस्तुत हुदा नेपाली गीत संगीतको आकाशमा हामी बीच उहा जीवित नभए पनि उहाका कालजयी गीतले सदा अमर र उज्ज्वल नक्षत्रको रुपमा स्थापित गरेको छ । कार्यक्रममा स्व नारायण गोपालका आफन्त र मित्र अजय छोचुंले नारायण गोपालको जीवनको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको आयोजना गायक अभय ढुंगेल र अन्य कलाकारहरुले गरेका थिए । विदेशको भूमीमा आएर पनि एकै ठाउमा सबै कलाकारहरुलाई जुटाएर स्व. नारायण गोपाललाई सम्झना पाउदा खुसी लागेकेा गायक ढुंगेलले बताए ।