२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

आइतबारको नेकपा स्थायी कमिटी बैठकमा छलफलका ५ विषय



काठमाडाैं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।

आइतबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटि बैठकका लागि ५ वटा एजेन्डा तय गरेको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुनेछ।

विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवाद र अन्य गरी पाँच वटा एजेन्डा सचिवालय बैठकले तय गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १२ : ३१ बजे