२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको फैसला



एजेन्सी– पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदण्डको फैसला सुनाइएको छ ।

देशद्रोहको मुद्दामा मंगलबार लाहोर उच्च अदालतले मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाएको हो । मुर्सरफ अहिले यूएइको दुबइमा उपचाररत छन् । पाकिस्तानको इतिहासमा उच्चपदस्थ व्यक्तिलाई पहिलोपटक यस्तो सजाय सुनाएको हो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पेशावर उच्च अदालतका मुख्य न्यायाधीशश वकार अहमद सेठको नेतृत्वमा रहेको विशेष अदालतको तीन सदस्यीय बेन्चले मंगलबार पूर्वसैन्य शासक मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

उनले दुबइबाटै उनले केही दिनअघि एक भिडियोमार्फत आफ्नो बिग्रिएको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । उनले जाँच आयोगसँग आफ्नो स्वास्थ्य अवस्था बुझ‍्‍न भिडियोमार्फत आग्रह समेत गरेका थिए । ‘यो मुद्दा मेरो विचारमा पूर्ण रूपमा निराधार छ । देशद्रोहको कुरा छोडौं, मैले यो देशको धेरै सेवा गरेको छु । युद्ध लडेको छु र १० वर्षसम्म देशको सेवा गरेको छु,’ उनले भनेका थिए ।

 

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : ३६ बजे