भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न दबावस्वरुप विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरुले अमेरिकाको राजधानी वासिङटन डिसीस्थित राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि धर्ना र विरोध गरेको छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत जग्गाहरु मिचिएको नक्सामा देखिएपछि ती भूमि फिर्ता गर्न माग गर्दै विदेशबाट दबावमुलक विरोध गरेको हो । कार्यक्रममा सीमा विशेषज्ञ बुद्धिनारायण श्रेष्ठ, अवैतनिक वाणिज्यदूत एवं वरिष्ठ लोकगायक प्रेमराजा महत, एनआरएनएका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
ह्वाइट हाउस अगाडिको विरोध कार्यक्रममा भेला भएका नेपालीहरु विभिन्न नारा लगाउदै अमेरिकास्थित भारतीय राजदूतावास अगाडि पुगेका थिए । नेपालको नाममा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा भुभागलाई भारतले हालै प्रकाशित नक्साभित्र पारेपछि विश्वभर भारतको चर्को विरोध हुदै आएको छ । सहाभागीहरुले राष्ट्रपति भवन अगाडिको लाफाऐट पार्क (बगैचा) वरपरको सडकमा घुमेर डिसीको मुख्य शहर हुादै भारतीय राजदूतावास अगाडि ३ पटक फेरो लगाएर मर्यादित रुपमा नारा गर्दै आएको जुलुस त्यही समापान भएको थियो । डिसी विरोध जुलुसका संयोजक तथा बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले कार्यक्रममा सहभागी हुने र सहयोग गर्नेहरुलाई धन्यवाद दिदै कार्यक्रमको भिडियो (श्रब्य दृश्य)हरु संकलन गरी भारतीय दूतावास, बेलायती दूतावास, चिनियाा दूतावासलाई पत्राचार गरिने बताए ।
तस्विरहरु विजय थापा