२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

६ देशका लागि गैरआवासीय राजदूत नियुक्त



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भिन्न ४ नेपाली राजदूतलाई ६ देशको गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई विभिन्न देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई ब्रुनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोडिया, लाओस र भियतनाम, राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुंगानालाई क्युबाको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।

 

संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  १० : २४ बजे